
‘कोसी’ नाम खारेजीको आन्दोलनमा घाइते लिम्बूको निधन, शहीद घोषणा गर्न माग
- चैत्र १०, २०७९ मा प्रकाशित

इटहरी । ‘कोसी’ प्रदेश नामकरणको विरोधमा आन्दोलनमा प्रहरीको लाट्टी प्रहारबाट घाइभे एक आन्दोलनकारीको निधन भएको छ । ‘कोसी’ नाम खारेजीको मागसहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाट्टी प्रहारबाट घाइते पदम लिम्बू लागेहाङको निधन भएको हो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको निधन भएको हो । टाउकोमा चोट लागेका लिम्बू मंगलबार राति अचानक बेहोस भएपछि उपचार गर्न प्रतिष्ठानमा लगिएको थियो । बिहीबार राति २ बजे उपचारकै क्रममा उनको निधन भएको पदमका भाइ दीपेन्द्र खजुम लिम्बूले जानकारी दिए । मृतक लिम्बू मोरङको बेलबारी नगरपालिका–२ निवासी हुन् ।
लिम्बू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सह–कमाण्डरको भूमिकामा थिए । धरानमा बसोबास गर्दै आएका ४२ वर्षीय लिम्बू संघीय लिम्बुवान प्रान्तीय मञ्चका सचिवालय सदस्य थिए । उनी २०६२ सालदेखि नै लिम्बुवान आन्दोलनमा आवद्ध थिए । फागुन १७ गते प्रदेश–१ को नाम कोसी नामकरण गरिएको थियो । त्यसपछि पहिचानवादी समूहले खारेजीको माग गर्दै आन्दोलन गरिरहेका छन् ।
प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आज (चैत्र १० गते) विज्ञप्ति जारी गर्दै सरकारले लिम्बूको हत्या गरेको आरोप लगाएको छ । विज्ञप्तिमा उल्लेख छ, ‘मुक्ति योद्धा लाजेहाङ लिम्बूको हत्याको जिम्मा प्रदेश–१ लाई षड्यन्त्रमूलक ढङ्गले कोसी नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवम् नेपाल प्रहरीले लिनु पर्दछ ।’ समितिले घटनाको अनुसन्धान गर्न छानबिन आयोग गठन, दोषीलाई कारबाही र लिम्बूलाई शहीद घोषणा गर्न माग गरेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ १३, २०८०पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’
-
लोकप्रिय जेष्ठ १३, २०८०देशका धेरै स्थानमा बर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने
-
लोकप्रिय जेष्ठ १३, २०८०दुर्गम गाउँ मासपुरमा पहिलो पटक स्वास्थ्य सेवा
-
लोकप्रिय जेष्ठ १३, २०८०प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
-
लोकप्रिय जेष्ठ १३, २०८०विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा
-
ताजा जेष्ठ १४, २०८०विराटनगरमा निषेधित क्षेत्र तोड्ने ४५ बढी प्रदर्शनकारी पक्राउ
-
ताजा जेष्ठ १४, २०८०तमोरमा चिनियाँ कम्पनीलाई स्पष्टीकरण, तल्लो अरुणमा भारतीयसँग निर्माण सम्झौता तयारी
-
ताजा जेष्ठ १४, २०८०कोशी : भित्र प्रदेशसभा बैठक, बाहिर पहिचानवादीको आन्दोलन, दर्जनौँ घाइते
-
ताजा जेष्ठ १४, २०८०उपेन्द्र यादवसहित गौर हत्याकाण्डका अभियुक्तविरुद्ध आज सर्वोच्चमा मुद्दा हालिँदै
-
ताजा जेष्ठ १४, २०८०थानाभर्याङको सबस्टेसन निर्माण सुस्त, काम नसुधारे ठेक्का तोड्ने कुलमानको चेतावनी
Comments