•  १३ बैशाख २०८१, बिहीबार
  •  3:10:19 PM

अस्पतालमा भर्ना भएका बिरामी खोलामा मृत भेटिए

- चैत्र ७, २०७९ मा प्रकाशित


सांकेतिक तस्वीर

जुम्ला । जुम्लामा उपचारका लागि अस्पतालमा भर्ना भएका बिरामी खोलामा मृत भेटिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका एक बिरामी खोलामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार तातोपानी गाउँपालिका–५ लाम्रा घर भएका ७० वर्षीय लालु नेपाली दमको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आएका थिए । लालु प्रतिष्ठानको कार्यालय अगाडि रहेको जुगार्ड खोलामा मृत फेला परेका प्रहरीले जनाएको छ । लालु उपचारको लागि चैत ४ गते प्रतिष्ठानमा आएका थिए ।

बिरामी लालुको कुरुवा उनकी बुहारी दुरपति नेपालीले गरेकी थिइन् । बिरामी लालु चैत ५ गते राति करिब १२ बजेको समयमा प्रतिष्ठानबाट बाहिर निस्केका थिए । तर, बिरामी कुरुवा बुहारी दुरपतीले खोज्दा राति नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

ncll

उक्त दिनको राति नै प्रहरीलाई घटनाबारे जानकारी प्राप्त भए पनि प्रहरीले सोमबार बिहान मात्रै खोज्दै गर्दा खोलामा लालु मृत अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षकको कमाण्डमा तीन जना प्रहरी खटिएर बिरामी लालुलाई खोजेका थिए ।

यता आफन्तले अस्पतालमा भर्ना भएका बिरामी खोलामा मृत भेटिनुमा अस्पताल प्रशासनको गम्भीर लापरबाही भएको अरोप लगाएका छन् । आफन्तहरूले उक्त वर्डामा खटिएका स्वास्थ्यकर्मी तथा प्रतिष्ठानको मुल गेटमा खटिएका सुरक्षाकर्मीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

Comments

सम्बन्धित खवर