•  ११ बैशाख २०८१, मंगलवार
  •  3:21:07 PM

बिराटचाैककाे पीएलओले आईपीओ जारी गर्ने

- माघ १९, २०७९ मा प्रकाशित


 इटहरी । मोरङको सुन्दरहरैंचामा रहेको पूर्वाञ्चल ल्युब आयल लिमिटेड (पिएलओ)ले आईपीओ जारी गर्ने भएको छ । आगामी आर्थिक वर्षमा आईपीओ जारी गर्ने गरी पीएलओले सम्झौता गरेको छ । प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त समेत गरेको छ ।

शेयर निस्कासनका लागि भएको सम्झौता पत्रमा पीएलओका तर्फबाट प्रबन्ध निर्देशक भोलेश्वर दुलाल र क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले बुधबार हस्ताक्षर गरेका छन् ।पीएलओको ४ लाख कित्ता शेयर अल्फा प्लस भेन्चर्स लिमिटेडले खरीद गरेको छ ।

बुधबार नै अल्फा प्लस भेन्चर्सका तर्फबाट प्रबन्ध निर्देशक अंगिश घिमिरे र पीएलओका तर्फबाट प्रबन्ध निर्देशक दुलालबीच शेयर खरीदबिक्री सम्झौतामा समेत गरेका छन ।प्रालिका रुपमा रहेको पीएलओ पब्लिक कम्पनीमा गइसकेकाले सर्वसाधारणमा शेयर जारी गर्न लागिएको प्रबन्ध निर्देशक दुलालले बताए ।

आगामी आर्थिक वर्षमा कम्पनीले ५ लाख कित्ता शेयर सर्वसाधारणमा प्रिमियम मूल्यमा बिक्री गर्ने जनाइएको छ ।शेयरमध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता शेयर स्थानीयवासीलाई र ५० हजार कित्ता शेयर कर्मचारीलाई बिक्री गरी बाँकी रहेको ४ लाख कित्ता शेयर सर्वसाधारणमा बिक्री गरिने प्रबन्ध निर्देशक दुलालले बताए ।

Comments

सम्बन्धित खवर