•  ७ बैशाख २०८१, शुक्रबार
  •  7:49:38 PM

९ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानडेली नागरिक पक्राउ

- माघ १९, २०७९ मा प्रकाशित


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ परेका छन् ।बुधबार राति १२ बजे दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा आएका ३५ वर्षीय मोहमद कमल महगौबलाई ९ किलो १३५ ग्राम सुनसहित नियन्त्रणमा लिइएको हो ।

महगौब पहिलो पटक नेपाल आएका व्यक्ति हुन् । उनले कम्मरमा फल्स बटन बनाएर एक एक केजीका सुन राखेको बताइएको छ ।महगौबबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

Comments

सम्बन्धित खवर