•  १३ बैशाख २०८१, बिहीबार
  •  11:17:38 AM

अरुण तेस्रोको सुरुङ भत्कियो, एकजनाको मृत्यु

- माघ १७, २०७९ मा प्रकाशित


इटहरी । संखुवासभामा निर्माणधिन अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ भत्किँदा एकजनाको मृत्यु भएको छ ।

चिचिलाको पुखुवास्थित सुरुङभित्र काम गर्ने क्रममा सुरुङ भत्किएर सिन्धुपाल्चोकका २० वर्षीय सूर्य गोले तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

भोजपुरका ५४ वर्षीय भीमबहादुर पाण्डे र सिन्धुपाल्चोकका ३८ वर्षीय मंगल तामाङ घाइते भएका छन् ।

निर्माणाधीन अरुण तेस्रो नौ सय मेगावाटको हो ।

Comments

सम्बन्धित खवर