•  ७ बैशाख २०८१, शुक्रबार
  •  3:55:52 PM

फागुन १३ मा नेपाल राष्ट्रिय मुसहर संघ इटहरीको अधिबेसन हुने

- माघ १६, २०७९ मा प्रकाशित


इटहरी । नेपाल राष्ट्रिय मुसहर संघ इटहरीको माघ २८ गते हुनलागेको नगर अधिबेसन सरेको छ । नगर अबिधेसन गरिने भनिएको ठाउमा बिद्यालयको खेलकुद कार्यक्रम रहेको हुदा आगामी फागुन १३ गते अधिबेसन गरिने पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । 

जनता माध्यमिक बिद्यालयको खेल मैदानमा माघ २८ गते अधिवेसन गर्ने तय भएपनि बिद्यालयको विविध खेलकुद कार्यक्रम भैरहेको हुदा सो अधिवेसन सारिएको र आगामी फागुन १३ गते सोही स्थानमा  अधिबेसन गरिने नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रिय सदस्य तथा प्रदेश संयोजक राजु रिसिदेवले जानकारी दिए ।

 उनले इटहरी नगर क्षेत्रमा  बसोबास गर्दै आएका मुसहर  समूदायका सम्पूर्ण व्यक्तिहरुलाई अधिबेसनमा सहभागि हुन पनि आग्रह गरे । 

इटहरी नगरक्षेत्रमा मुसहर समूदायका ५ हजार भन्दा बढीको बसोवास भएता पनि मुसहर समूदाय बिभिन्न कारणले पछि परेको कुराको जिकिर गर्दै अबको नेतृत्वले मुसहर समूदायका मासिहरुको नेतृत्व बिकास र क्षमता बिकास गर्दै नेतृत्व तहसम्म पुरयाउने प्रतिवद्धता पनि जनाए ।

Comments

सम्बन्धित खवर