•  १६ चैत्र २०८०, शुक्रबार
  •  1:31:14 PM

भूकम्प आउने हल्लाले जुम्ला र मुगुका बासिन्दा रातभर सडकमा, हल्ला फैलाउनेको खोजी हुँदै

- माघ १६, २०७९ मा प्रकाशित


जुम्ला । जुम्ला र मुगुमा भूकम्प आउँछ भनेर हल्ला फैलाएज्ञपछि स्थानीय बासिन्दा रातभर सडकमा जाग्राम बसेका छन् । उनीहरुले घर बाहिर बसेरै रात बिताएका छन् । जुम्ला सदरमुकामका केही बासिन्दाहरु घर बाहिर निस्केर आगो तापेर बसेका छन् ।

प्रहरीले भूकम्पको हल्ला फैलाउनेको खोजी भइरहेको जनाएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले भूकम्प आउँदै छ भनेर हल्ला फैलाउँदा स्थानीय बासिन्दाले दुःख पाएको बताए । उनले यस्तो भ्रामक हल्ला फैलाउनेलाई कारबाही हुने बताएका छन् । यस्तै, भूकम्प आउने पूर्व अनुमान पहिला नै गर्न नसकिने हुँदा यस्ता हल्लाको पछि नलाग्न पनि उनको आग्रह छ ।

‘भूकम्प आउँदैछ भन्ने हल्लाका कारण जिल्ला प्रशासन कार्यालयमा समेत फोन आइरहेको छ’ उहाँले भन्नुभयो – ‘रातभर फोन आएर हैरान भएको छ, यसरी अनावश्यक हल्ला चलाएर दुःख दिनेलाई कारबाही हुन्छ, हल्ला फैलाउनेको खोजी भइरहेको छ ।’ कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले पनि हल्ला फैलाउने व्यक्तिको खोजी भइरहेको बताएका छन् ।

Comments

सम्बन्धित खवर