दाताले निर्माण गरि दिएको मन्दिरमा सरस्वतीको पूजा
- माघ १३, २०७९ मा प्रकाशित
इटहरी । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व विहीबार विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ । यसैक्रममा इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालय परिसरमा दाताले निर्माण गरि दिएको मन्दिरमा सरस्वतीको पूजा गरिएको छ। दिंवगत हुनुभएको स्थानीय उमानाथ बजगाईंको स्मृतिमा श्रीमती ९३ वर्षीया गायत्रादेवी बजगाई सहित छोराहरु शारदा बजगाई, बद्री बजगाईं र दुर्गानाथ बजगाईंले संयुक्त रुपमा मन्दिर बनाई दिएका हुन् ।
बजगाईं परिवारले छ लाख रुपैयाँ खर्चेर सरस्वतीको मन्दिर निर्माण गरेको प्रधानाध्यापक सरन बस्नेतले बताउनुभयो ।सुनसरीमा सामूदायिक विद्यालयबाट फरक पहिचान बनाउन सफल भएको शैक्षिक संस्थामा पर्छ, राष्ट्रिय माध्यमिक विद्यालय । राष्ट्रिय माध्यमिक विद्यालयमा एसइइपछि प्राविधिक धारका विषयहरु पढ्न डिप्लोमा इन सिभिल इन्जिनियरिङ् र ओभरसियरमा पढई हुने गरेको छ।
राष्ट्रिय माध्यमिक विद्यालय कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा विषय समूहमा पठनपाठन हुने गरेको छ। कक्षा १० सम्म विद्यार्थीको चाप अध्याधिक रहेको छ।
सम्बन्धित खवर
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
-
ताजा चैत्र २८, २०८०इटहरीका विरबहादुर : खानेपानी निर्वाचनमा विजयी बने : बधाई थाप्न नपाइ अस्ताए
Comments