
प्रधानमन्त्री प्रचण्डकाे ३० दिन : २१ दिन सिंहदरबारबाटै सरकार चलाए
- माघ ११, २०७९ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भएको २९ दिनमा २१ दिन सिंहदरबारबाटै सरकार सञ्चालन गरेका छन । प्रचण्डका प्रेस विज्ञ मनहरि तिमल्सिनाले २९ दिनमा प्रधानमन्त्री २१ दिन सिंहदरबारमै उपस्थित भएर काम गरेको जानकारी दिए ।
उनले भनेका छन, ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डले पदभार ग्रहण गरेको भोलि एक महिना पुग्दैछ । पदभार ग्रहणपछिका २९ दिनमध्ये ४ दिन शनिबार थिए, १ दिन सार्वजनिक विदा थियो, १ दिन शोक विदा दिइयो । बाँकी २३ दिनमध्ये उहाँ २१ दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाटै सरकारका कामकाज गरिरहनुभएको छ।’
उनले प्रधानमन्त्रीले सिंहदरबारमा बसेर शासन गर्नुले सकारात्मक सन्देश प्रवाह गरेको पनि बताएका छन । तिमल्सिनाले भनेका छन, ‘रूप पक्षबाट हेर्दा विषय सामान्य लाग्न सक्छ। तर, सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सिंहदरबारबाटै सरकार सञ्चालन गर्ने कुरा त्यस्तो बिज हो, जुन बिज एकदिन फल्नेछ, फुल्नेछ। र, अघिल्लो कार्यकालभन्दा गुणात्मक परिणाम दिन सफल हुनेछ।’

सम्बन्धित खवर
-
लोकप्रिय माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
लोकप्रिय माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
लोकप्रिय माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
लोकप्रिय माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
लोकप्रिय माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
-
ताजा माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
ताजा माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
ताजा माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
ताजा माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
ताजा माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
Comments