
संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन
- माघ ११, २०७९ मा प्रकाशित

काठमाडाैं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा. किरण नकर्मीले नेपालखबरलाई जानकारी दिए।
शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए। पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो।
घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो। मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन्।

सम्बन्धित खवर
-
लोकप्रिय माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
लोकप्रिय माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
लोकप्रिय माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
लोकप्रिय माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
लोकप्रिय माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
-
ताजा माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
ताजा माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
ताजा माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
ताजा माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
ताजा माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
Comments