
सरकारबाट बाहिरिने चेतावनीपछि प्रधानमन्त्रीले जनमत पार्टीलाई बोलाए छलफलमा
- माघ ८, २०७९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीके राउत नेतृत्वको जनमत पार्टीलाई छलफलका लागि बोलाएका छन् । रोजेको मन्त्रालय नपाएको भन्दै जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले पदभार ग्रहण नगरेपछि प्रधानमन्त्रीले छलफलका लागि बोलाएका हुन् ।
जनमत पार्टीले आफूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउनुपर्ने माग राख्दै आएकोमा मन्त्राय बाँडफाँडका क्रममा खानेपानी मन्त्रालय दिइएको थियो । खानेपानी मन्त्री बनेका खानले राष्ट्रपतिबाट सपथ लिए पनि हालसम्म पदभार ग्रहण गरेका छैनन् । मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै आज (आइतबार) सम्ममा सरकारमा रहने÷नरहने निर्णय हुने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई छलफलका लागि बोलाएका हुन् ।
जनमत पार्टीबाट सरकारमा सहभागी मन्त्री अब्दुल खान प्रधानमन्त्रीसँग छलफलका लागि जाने उक्त पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिएका छन् । आइतबारसम्म मन्त्रालय परिवर्तन नगरे सरकार छोड्ने जनमत पार्टीबाट मन्त्री भएका खानले प्रधानमन्त्री दाहाललाई जानकारी गराइसकेका छन् । महासचिव सिंहले मन्त्रालयबारे छलफल गर्नका लागि पार्टीलाई प्रधानमन्त्रीले बोलाएको जानकारी दिए ।
‘प्रधानमन्त्रीले छलफलका लागि पार्टीलाई बोलाउनु भएको छ । मन्त्री खान गएर आज कुरा गर्नुहुन्छ । प्रधानमन्त्रीले कस्तो धारणा राख्नुहुन्छ‚ त्यसका आधारमा हामी निर्णय गर्छौं,’ उनले भने, ‘प्रधानमन्त्रीले त हामीलाई जिम्मेवारी थप्ने कुरा गर्नुभएको छ । उहाँले भनेको कुरा पूरा गर्नु हुन्छ कि हुन्न हामी हेरिरहेका छौं ।’

सम्बन्धित खवर
-
लोकप्रिय माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
लोकप्रिय माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
लोकप्रिय माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
लोकप्रिय माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
लोकप्रिय माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
-
ताजा माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
ताजा माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
ताजा माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
ताजा माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
ताजा माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
Comments