
प्रदेश–१ लाई हराउँदै सुदूरपश्चिमले जित्यो पीएम कप महिला टी–२० क्रिकेटको उपाधि
- माघ ८, २०७९ मा प्रकाशित

इटहरी । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटको उपाधि सुदुरपश्चिम प्रदेशले जितेको छ । इटहरीमा भएको फाइनल खेलमा प्रदेश–१ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो ।
प्रदेश एकले दिएको एक सय २ रनको लक्ष्य सुदूरपश्चिमले एक बल बाँकी छँदै ४ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमको लागि सम्झना खड्काले नटआउट २७ र कविता जोशीले १९ रन बनाए । यस्तै, डोली भट्टले २२ र कविता कुँवरले १२ रन बनाइन् ।
प्रदेश एकका सवनम राई, रुवीना चौधरी, संगीता राई र हिरामायी रोयले एकरएक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको प्रदेश एकका काजल श्रेष्ठले ४८, अप्सरी बेगमले १५ र रुवीना चौधरीले १४ रन बनाए । सुदूरपश्चिमका मनिषा चौधरीले दुई र रितु कनौजियाले एक विकेट लिए ।
प्रतियोगिताको विजेता बनेको सुदूरपश्चिम प्रदेशले ५ लाख र उपविजेता प्रदेश एकले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा ७ वटा प्रदेश र एक विभागीय गरी ८ टोली सहभागी थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय मंसिर १५, २०८०बसको ठक्करबाट पैदलयात्रीको ज्यान गएपछि राजमार्ग अवरुद्ध
-
लोकप्रिय मंसिर १५, २०८०विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड
-
लोकप्रिय मंसिर १४, २०८०दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा ‘नागरिक सरकार’ घोषणा गर्ने
-
लोकप्रिय मंसिर १४, २०८०नक्कली शरणार्थी प्रकरणमा अझै सकिएन बहस, आदेश शुक्रबार आउने सम्भावना
-
लोकप्रिय मंसिर १४, २०८०ताप्लेजुङमा राहदानी आइलाइन फारम निःशुल्क
-
ताजा मंसिर १५, २०८०बसको ठक्करबाट पैदलयात्रीको ज्यान गएपछि राजमार्ग अवरुद्ध
-
ताजा मंसिर १५, २०८०विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड
-
ताजा मंसिर १४, २०८०दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा ‘नागरिक सरकार’ घोषणा गर्ने
-
ताजा मंसिर १४, २०८०नक्कली शरणार्थी प्रकरणमा अझै सकिएन बहस, आदेश शुक्रबार आउने सम्भावना
-
ताजा मंसिर १४, २०८०ताप्लेजुङमा राहदानी आइलाइन फारम निःशुल्क
Comments