
नेपालमा ऐतिहासिक र वैज्ञानिक महत्व बोकेको पर्व छन् : प्रधानमन्त्री
- माघ ८, २०७९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेको थुप्रै पर्व रहेको बताएका छन् । तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्वको अवसरमा एक शुभकामना दिंदै प्रधानमन्त्रीले यहाँ बसोबास गर्ने सबै जाति-जातजातिको आ–आफ्नो भिन्न–भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको बताए ।
‘सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो । यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीका लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो’, उनले भनेका छन् । नेपाली जनताले नेपालमा सात दशक लामो लोकतन्त्रका लागि आन्दोलन गरेपछि धर्मनिरपेक्ष, समानुपातिक समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको उनको भनाइ छ ।
‘यसका लागि तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्याङ्कन र प्रशंसा गर्न चाहन्छु’, उनले भने । प्रधानमन्त्री दाहालले ल्होछारको अवसरमा देश–विदेशमा रहने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगत्को कल्याणका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको सङ्गमस्थल भएको भन्दै उनले नेपालमा एक सय २५ जातजाति, एक सय २३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्ने बताए ।
‘नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो । ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको सुरुआत गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो’, प्रधानमन्त्रीद्वारा जारी शुभकामनामा भनिएको छ । यही पद्धति अँगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरु हुन्छ भन्ने मान्दछ ।
कृषिको थालनीसँगै विकास भएकाले यो पर्वलाई सोनाम (किसानको) ल्होछार पनि भन्ने गरिन्छ ।ल्होछार नेपालमा मात्र नभइ चीन, मङ्गोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस, थाइल्याण्ड, ताइवान, मलेसिया, सिङ्गापुरलगायतका मङ्गोल–चिनियाँ सभ्यता पुगेका संसारका सबै महादेश र देशमा मनाइन्छ । विश्वका विभिन्न मुलुकमा रोजगारी वा अन्य कामको सिलसिलामा पुगेका नेपाली तामाङ सङ्घसंस्थाले समेत ल्होछार पर्व धुमधामसँग मनाउँदै आएका छन् ।तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्व छ ।
यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्व राख्दछ । प्रधानमन्त्रीको शुभकामनामा भनिएको छ, ‘ल्होछार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो । राज्यले ल्होछारलगायत सबै सांस्कृतिक पर्वलाई राष्ट्रिय संस्कृतिको प्रवर्द्धन गर्नु पर्दछ ।’

सम्बन्धित खवर
-
लोकप्रिय माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
लोकप्रिय माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
लोकप्रिय माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
लोकप्रिय माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
लोकप्रिय माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
-
ताजा माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
ताजा माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
ताजा माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
ताजा माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
ताजा माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
Comments