खाेटाङमा पशु बीमा कार्यक्रम वर्ष दिनमै अलपत्र
- माघ ४, २०७९ मा प्रकाशित
खोटाङ । ऐँसेलुखर्क गाउँपालिकामा सञ्चालन गरिएको पशु बीमा कार्यक्रम एक आर्थिक वर्षपछि अलपत्र परेको छ । पशुपालनलाई प्रमुख व्यवसाय बनाएका किसानलाई लक्ष्य गर्दै लुम्बिनी इन्सुरेन्स कम्पनीले आर्थिक वर्ष २०७५÷०७६ मा पशु बीमा कार्यक्रम शुरु गरेको थियो ।
सुरुका वर्ष १७ वटा बाख्रा र छ वटा बङ्गुरको बीमा गरेका किसानले आर्थिक वर्ष २०७६÷७७ देखि पशुको बीमा नवीकरण नगरेको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख प्रमोदकुमार राजभण्डारीले बताए ।वर्ष दिनभित्र किसानले दुईवटा बाख्राको बीमा बापतको रकम पाएका थिए– उनले भने– कतिपय किसानले पशु बीमाको जिकिर गर्न आउँदा नवीकरण नगरेको पाइएपछि रित्तो फर्काइयो ।
नेपाल सरकारको केन्द्रीय कार्यक्रम अनुसार गाउँपालिकाको समन्वयमा पशु बीमा शुरु गरेको लुम्बिनी इन्सुरेन्स कम्पनीले अभिकर्ताको अभावमा बीमा नवीकरण गर्न नसकेको जनाएको छ । बीमा कम्पनीको अभिकर्ता नहुँदा गाउँपालिकाकै कर्मचारी खटाएर बीमा गराइएको शाखा प्रमुख राजभण्डारीले बताए ।
पशु बीमालाई पुनः निरन्तरता दिने तयारी भइरहेको गाउँपालिका प्रमुख गिरेन्द्रबहादुर राईले जानकारी दिए । ग्रामीण क्षेत्रका किसानको मुख्य सम्पत्तिको रुपमा रहेको गाईभैँसी, बङ्गुर मर्दा हुने आर्थिक क्षतिबाट जोगाउन गाउँपालिकामा पशु बीमा कार्यक्रम लागू गरिएको थियो– उनले भने ।
सम्बन्धित खवर
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
-
ताजा चैत्र २८, २०८०इटहरीका विरबहादुर : खानेपानी निर्वाचनमा विजयी बने : बधाई थाप्न नपाइ अस्ताए
Comments