•  ११ बैशाख २०८१, मंगलवार
  •  9:58:16 PM

सगुनको १२ औ वार्षिक साधारणसभा सम्पन्न

- पुष २९, २०७९ मा प्रकाशित


इटहरी । सुनसरीको इटहरीस्थित सगुन कृषि सहकारी संस्थाले शुक्रबार १२ औ साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ । संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा सुनसरीको बिभिन्न क्षेत्रबाट १ हजार बढी सेयर सदस्यहरूको उपस्थिती रहेको थियो ।

संस्थाका अध्यक्ष कमलकान्त राइको सभापतीत्वमा सम्पन्न सभामा सहकारीले स्थापना काल देखि हाल सम्म गरेको प्रगती विवरण भोग्नुपरेको चुनौती र आगामी योजनाबारे चर्चा गरिएको थियो ।

संस्थाकै पुर्व अध्यक्ष टिकादत्त बनको प्रमुख आतीथ्यमा समपन्न सभामा उपस्थित अधिकांस बक्ताहरूले कोरोना काल पश्चात मुलुक गम्भिरू आर्थिक संकटमा फसेको बेला सगुनले सुनसरीको ग्रामिण भेगका कृषकहरूमा पनि सेवा पुर्याएको प्रति सुभकामना ब्यक्त गरेका थिए । धेरै जसो सहकारीहरूले ऋण लगानी गर्न नजान्दा धरासयस् भएको र केहि त अहिले पनि बन्द हुन पुगेकोले त्यस तर्फ सावधानी अपनाउन बक्ताहरूले बिशेष सुझाव दिएका थिए ।

कार्यक्रममा इटहरी उपमहानगर वडा नं १६ का वडाध्यक्ष तेज नारायण चौधरी , वडा नं ५ का वडाध्यक्ष भिस्म कुमार घिमिरे , इनरूवा वडा नं २ का वडाध्यक्ष विश्वनाथ ठाकुर , रामधुनी नगरपालीका वडा नं २ का वडाध्यक्ष राम नारायण चौधरी , आमा बचत तथा ऋण सहकारी संस्था तरहरा अध्यक्ष कमला खडका लगायत अन्य बिशस्ट ब्याक्तीहरूको उपस्थिती रहेको थीयो ।

Comments

सम्बन्धित खवर