
सचिनको उपचारका लागि पैसा जुटाउँदै कलाकार, कृष्ण कँडेलले गरे ५० हजार हस्तान्तरण
- पुष ८, २०७९ मा प्रकाशित

काठमाडौं । बाल कलाकार सचिन परियारको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्।अहिले उनको काठमाडौंस्थित टिचिङ अस्पतालको आईसीयूमा उपचार भैरहेको छ। सचिन बोल्न नसक्ने अवस्थामा रहेको उनलाई भेट्न अस्पताल पुगेका कलाकारले बताएका छन्। आर्थिक अवस्थाका कारण उनको उपचारमा समस्या आएको उनकी आमाले बताएकी थिइन्। अहिले कलाकारहरु सचिनको उपचारका लागि आर्थिक सहयोग जुटाउन लागिपरेका छन्। सञ्चारकर्मी सहित अस्पताल पुगेका कलाकारले उनकी आमालाई आर्थिक सहयोग गर्ने वचन दिइरहेका छन्।
लाइभ दोहोरी कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलले अस्पताल पुगेर सचिनकी आमालाई ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्। अस्पताल पुगेका कलाकारहरूले उपचार खर्च जुटाउन पहल समेत गरिरहेका छन्। अस्पतालमा सचिनको रेखदेख गरिरहेकी उनकी आमाले उपचारमा सघाउन अपील गरेकी छिन्। परिवारको कमजोर आर्थिक अवस्था भएका कारण उनलाई अनामनगरस्थित एक स्कूलले होस्टेलमा राखेर निशुल्क पढाउँदै आएको थियो।
अचानक बिरामी परेपछि उनलाई बिहीबार अस्पताल भर्ना गरिएको बताइएको छ। सामाजिक सञ्जालमा भाइरल भएका सचिनले केहि समय गीत गाउनेदेखि म्यूजिक भिडिओमा अभिनय गर्ने काम गरे। तर उनी पछिल्लो समय गुमनाम जस्तै थिए।

सम्बन्धित खवर
-
लोकप्रिय माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
लोकप्रिय माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
लोकप्रिय माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
लोकप्रिय माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
लोकप्रिय माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
-
ताजा माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
ताजा माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
ताजा माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
ताजा माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
ताजा माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
Comments