•  १३ बैशाख २०८१, बिहीबार
  •  2:32:22 PM

दुहबीमा कांग्रेस र एमाले कार्यकर्ताबिच झडप : कांग्रेसकै गढमा बिजय गच्छदारलाइ मुर्दावाद भनेपछि जाइलागे कार्यकर्ता

- मंसिर १४, २०७९ मा प्रकाशित


इटहरी । सुनसरीको दुहबी ९ स्थित छातावेलीमा बुधबार नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबिच झडप हुदा आधा दर्जन घाइते भएका छन । नेकपा एमालेकि उम्मेद्वार भगबती चौधरीले निर्वाचनमा फराकिलो मतान्तर सहित कांग्रेस नेता गच्छदारलाइ हराएपछि बिजयी उत्सव मनाउने तयारी गर्दै गर्दा दुइ समुहबिच झडप भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

जितको खुशियाली सहित बिजयी र्याली निकाल्न भेला हुदै गर्दा अचानक कांग्रेस कार्यकर्ताहरू आएर बिथोल्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ । कांग्रेसको गढ मानिएको दुहबी ९ मा एमाले कार्यकर्ताहरूले कांग्रेसकै नेता बिजयकुमार गच्छदारलाइ मुैदावाद भनेपछि झडप हुन पुगेको बताइएको छ ।

बिजय र्याली निकाल्ने क्रममा अचानक बाटोेमा कांग्रेसका कार्यकर्ताहरूले ढुंगामुढा गरेको एमाले नेता मुस्तखी मियाले बताए । यता बिजयी र्याली निकाल्ने क्रममा एमाले कार्यकर्ताहरूले घर घर पसेर जबरजस्ती अविरहरू दल्न थालेपछि प्रतिकार गरिएको र त्यसैलाइ बिवाद बनाएर झगडा गरेको दुहबी नगरपालीका वडा नं ९ का वडाध्यक्ष मेहदि हुसैनले बताए ।

झडपमा परी दुवै तर्फका ९ जना कार्यकर्ताहरू घाइते भएका छन । उनिहरूको दुहबी स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घटनालाइ साम्य बनाउन र थप मानवीय क्षती हुन नदिन सो स्थानमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।  

Comments

सम्बन्धित खवर