•  ८ बैशाख २०८१, शनिबार
  •  9:08:02 PM

राष्ट्रिय माविकाे ७६ औ बार्षिक उत्सव : मेयर पाैडेल भन्छन ‘जनताकाे मत खेर जान दिन्न’

- मंसिर १३, २०७९ मा प्रकाशित


इटहरी / उपमहानगभित्रका सामुदायीक विद्यालयहरुको स्तर उन्नतिको लागि सदैव सकारात्मक रहेको इटहरीका मेयर हेमकर्ण पौडेलले बताएका छन् । इटहरी १ आपगाछीस्थित सामुदायीक विद्यालय राष्ट्रिय माविको ६७ औ बार्षिक उत्सवको कार्यक्रममा बोल्दै मेयर पौडेलले यस्तो बताएका हुन् ।

इटहरी उपमहानगरपालीकाले सामुदायिक विद्यालयको समस्या हल गर्दै योजना नीति तथा कार्यक्रम बनाउने कार्य अघि बढाएको र सामुदायिक बिद्यालयको सेवा सुविधा तथा गुणस्तर वृद्दि गर्नका निम्ति बजेट विनियोजन गरीएको बताए । कार्यक्रमको विशिष्ट अथिती समेत रहेका मेयर पौडेलले आफ्नो कार्यकालमा सामुदायिक विद्यालयको क्षेत्रमा परीवर्तन देखिने गरिका कार्यक्रमहरु ल्याउने बताए ।

उनले इटहरीको मेयरमा आफुलाई चुनेकोमा शिर निहुरीने काम स्थिती आउन नदिने प्रतिवद्धता पनि जनाए । एसियाली विकास बैकले इटहरीको वाढी नियन्त्रणको लागि साढे ५ अर्ब लगानी गर्ने र इटहरीमा आधुनिक अस्पतालको सुरुवात भईसकेको समेत मेयर पौडेलले बताएका छन् ।

इटहरीले बर्षौ देखि पूरा गर्न नसकेको आधारभुत कुराहरु आफ्नो नेतृत्वमा इटहरीले पूरा गर्ने  बताएका छन् ।इटहरी सरकार शिक्षा र स्वास्थ्य जस्तो बिषयमा संवेदनशिल भएर नीति तथा कार्यक्रममा निर्माण गर्ने समेत बताए । काम गरेर देखाउने समय आएको र नेतृत्व दास्रो पुस्तामा हस्तान्तरण भएको समेत मेयर पौडेलले बताएका छन् ।

कार्यक्रममा इटहरी १ का वडा अध्यक्ष रतन कार्की, इटहरी उपमहानगरपालीका खेलकुद तथा शिक्षा महाशाखा प्रमुख सूर्य प्रसाद सुवेदी लगायत विभिन्न ब्यक्तिहरुले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा उक्त विद्यालयको पुर्व विद्यार्थीहरु , अक्षय कोष स्थापना गर्ने विभिन्न ब्यक्तिहरुलाई तथा शिक्षक तथा अविभावकहरुलाई प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।

राष्ट्रिय मावीको ७६ औ बार्षिक उत्सवको अवसरमा विभिन्न सास्कृतिक कार्यक्रमहरु समेत गरीएको थियाे।

Comments

सम्बन्धित खवर