
सुनसरीमा गच्छदारले हार्दा सभापती देउवाले बनाए नयाँ रेकर्ड : साताै पटक चुनाव जितेर सत्तामा पुग्ने पार्टिकै पहिलाे ब्याक्ती
- मंसिर १३, २०७९ मा प्रकाशित

इटहरी । सुनसरी ३ को अन्तिम मत परिणाम आउन अब केहि बेर मात्र छ ।गणना अनुसार ३५ सय मत गन्न बाकि रहदा एमालेकि भगबती चौधरी ५ हजार बढी मतान्तरले कांग्रेसका बिजयकुमार गच्छदार भन्दा अगाडी छिन । यो क्षेत्रमा गच्छदारले उनै चौधरीलाइ २ पटक हराएका थिए तर यस पटकको निर्वाचनमा भने उनलाइ जनताले रूचाएनन ।
निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहदा एमालेकि चौधरीको बिजयी सुनिश्चित भइसकेको छ । सुनसरी ३ मा कांग्रेस नेता गच्छदारले पराजयको सामना गरिरहदा पार्टिकै केन्द्रिय सभापति शेरबहादुर देउवाले भने नयाँ रेकर्ड स्थापना गरेका छन ।
उनले डडेलधुराबाट प्रतिद्वन्दि स्वतन्त्रका सागर ढकाललाइ फराकिलो मतान्तरले हराउदै नेपाली कांग्रेसबाट सातौ पटक निर्वाचन जितेर सत्तामा पुग्ने पहिलो ब्याक्तीको रेकर्ड बनाएका हुन । यस अघि सुनसरी ३ बाट गच्छदारले चुनाब जितेर सत्तामा पुग्दा सभापती देउवासंग बराबरी हुन पुगेका थिए ।
देउवा र गच्छदार २०४८ देखि २०७४ सम्म प्रत्यक्षतर्फबाट लगाचार निर्वाचित हुदै भइरहेका छन्। तर यो पटक गच्छदारले पराजय भोग्नुपर्दा देउवाले भने नया रेकर्ड स्थापना गरेका हुन ।
२०४८ साल देखि भएको प्रत्येक निर्वाचनमा जित निकाल्दै आएका गच्छदार यो पटक भने ब्रेक लागिदिदा उनको बन्न लागेको रेकर्ड पार्टि सभापती देउवालाइ थपिएको छ । यो संगै नेपाली कांग्रेसमा ७ पटक सम्म निर्वाचन जितेर सत्तामा पुग्ने पहिलो ब्याक्ति देउवा बनेका छन ।

सम्बन्धित खवर
-
लोकप्रिय माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
लोकप्रिय माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
लोकप्रिय माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
लोकप्रिय माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
लोकप्रिय माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
-
ताजा माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
ताजा माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
ताजा माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
ताजा माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
ताजा माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
Comments