•  ७ बैशाख २०८१, शुक्रबार
  •  6:05:49 PM

सुकुम्बासी बस्तीको समस्याबारे मेयर बालेन्द्र शाहले गरे प्रधानमन्त्रीसँग छलफल

- मंसिर १३, २०७९ मा प्रकाशित


काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न मेयर शाह सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

काठमाडौा महानगरपालिकाले बाग्मती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउनेबारे थप छलफल र तयारीबारे परामर्श गर्न मेयर शाह प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।

हिजोको अवस्थापछि बेलुका मेयर शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसबारेमा छलफल गरेका हुन् । हिजो थापाथली बस्तीमा महानगर तथा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेपछि तनाव भएको थियो ।

महानगरको नगर प्रहरी र डोजरले बस्ती हटाउन खोजेपछि सुकुम्बासीले घरेलु हतियारसहित ढुङ्गामुढा गरेका थिए । सुकुम्बासी बाग्मती बस्तीका बासिन्दा रातभर पनि जाग्राम बसेका छन् । यसअघि बाग्मती सभ्यता एकीकृत विकास समितिले बाग्मती सुकुम्बासी बस्ती हटाउन कात्तिक २४ गते सूचना निकालेको थियो ।

तोकिएको समय १० दिनभित्र स्थानीयले अवैध संरचना नहटाएपछि महानगर प्रहरी डोजरसहित सुकुम्बासी बस्तीमा पुगेको थियो । महानगरका सह–प्रवक्ता महेशकुमार काफ्लेका अनुसार महानगरको नीति अनुसार नै अगाडि बढ्ने र यसबारेमा आज थप छलफल गर्ने तयारी छ ।

Comments

सम्बन्धित खवर