
मोरङमा घरायसी विवादका क्रममा पत्नीले गरिन् पतिको हत्या
- मंसिर १३, २०७९ मा प्रकाशित

इटहरी / मोरङको जहदा गाउँपालिकामा पत्नीले पतिको हत्या गरेकी छन् । उनले घरायसी विवादका क्रममा दाउ प्रहार गरेर पतिको हत्या गरेकी हुन । जहदा गाउँपालिका–१ भुटाहाकी ३५ वर्षीया दवानीदेवी सरबरियाले ४२ वर्षीया पति सन्तोष सरबरियाको हत्या गरेको प्रहरीले जनाएको छ ।
उनले पतिको घाँटी र टाउकोमा दाउले प्रहार गरेर हत्या गरेको प्रहरीले उल्लेख गरेको छ । । हत्यामा संलगन दवानीदेवीलाई हत्यामा प्रयोग गरिएको दाउ सहित पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।
प्रहरीले गत शनिबार राति सवा ११ बजेतिर धारिलो हतियारले घाँटी र टाउको काटिएको अवस्थामा सन्तोषलाई फेला पारेको थियो । गम्भीर अवस्थामा भेटिएका उनलाई प्रहरीले उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएको मा उपचारका क्रममा राति नै मृत्यु भएको थियो ।
हत्यामा संलग्न दवानीदेवीलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । पतिको हत्यामा संलग्न दवानीदेवीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले सोमबार अदालतबाट म्याद थप गरेर घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकका १४ वर्ष मुनिका २ छोरा र १ छोरी छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
लोकप्रिय माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
लोकप्रिय माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
लोकप्रिय माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
लोकप्रिय माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
-
ताजा माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
ताजा माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
ताजा माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
ताजा माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
ताजा माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
Comments