•  १५ चैत्र २०८०, बिहीबार
  •  6:21:43 PM

  कतार विश्वकप फुटबलमा आज चार खेल : ब्राजिल र पोर्चुगल मैदान उत्रदै

- मंसिर १२, २०७९ मा प्रकाशित


एजेन्सी । फिफा विश्वकप फुटबल २०२२ मा आज  समूह चरणका चार खेल हुँदैछ । समूह चरण अन्तर्गत समूह जी र समूह एच का दुई दुई खेलहरु हुनेछन् ।समूह जी मा रहेको क्यामरुन र सर्बिया बीच पहिलो खेल हुनेछ ।

क्यामरुन र सर्बियाबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । क्यामरुन र सर्बिया आज पहिलो जितको खोजीमा हुनेछन् । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए ।
 
दोस्रो खेलमा समूह एच मा रहेको दक्षिण कोरिया र घाना बीच हुनेछ । यो खेल पौने ७ बजे सुरुहुनेछ । पहिलो खेलमा बराबरी खेलेको दक्षिण कोरिया पहिलो जितको खोजीमा छ । ब्राजिल र स्विट्जरल्यान्ड बीचको खेल पनि आजैछ ।

समूह जी मा रहेको ब्राजिल र स्विट्जरल्यान्ड खेल राति ९ः४५ मा सुरुहुनेछ । दुई टोली लगातार दोस्रो जितको खोजीमा छन् ।  चौंथो खेलमा पोर्चुगल र उरुग्वे खेल्दैछन् । समूह जी मा रहेको पोर्चुगल र उरुग्वे बीचको खेल राति १२ः ४५ बजे सुरु हुनेछ । पोर्चुगल लगातार दोस्रो जितको  खोजीमाा छ । उरुग्वे पनि पहिलो जितको खोजीमा छ । 

Comments

सम्बन्धित खवर