•  ७ बैशाख २०८१, शुक्रबार
  •  2:45:26 AM

सोलुखुम्बु प्रदेश (१) माओवादीका शेर्पा र (२) मा एमालेका राजभण्डारी विजयी

- मंसिर ८, २०७९ मा प्रकाशित


इटहरी । सोलुखुम्बुको प्रदेशसभा (१) मा सत्ता गठबन्धनका माओवादी उम्मेदवार गोम्बु शेर्पा विजयी भएका छन् । नेकपा एमालेका निवर्तमान संसद उत्तम बस्नेतलाई पराजित गर्दै शेर्पा विजयी भएका हुन् ।

शेर्पाले १० हजार ३५ ल्याएका छन् । उनका प्रतिद्वन्दी बस्नेतले ८ हजार ३९८ मत ल्याए ।

सोलुखुम्बुको प्रदेशसभा (२) मा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी भएका छन् । माओवादी केन्द्रका शिवबहादुर बस्नेतलाई पराजित गर्दै राजभण्डारी दोस्रो पटक निर्वाचित भएका हुन् । राजभण्डारीले १० हजार १२८ मत ल्याएका छन् भने बस्नेतले ६ हजार ८१५ ल्याएका छन् ।

प्रतिनिभिसभाथर्फ नेकपा एमालेका उम्मेदवार मानवीर राईले अग्रता लिएका छन् । उनले १५ हजार ९५६ मत ल्याएका छन् । उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका बलबहादुर केसीले १३ हजार ८८९ पाएका छन् ।

Comments

सम्बन्धित खवर