•  १५ चैत्र २०८०, बिहीबार
  •  3:58:37 AM

पाँचथर २ बाट मुख्यमन्त्रीका दाबेदार इन्द्र आङ्बो निर्वाचित 

- मंसिर ८, २०७९ मा प्रकाशित


पाँचथर । पाँचथरकाे प्रदेशसभा २ बाट माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो दोस्रो पटक निर्वाचित भएका छन् ।

 प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले एमाले उम्मेदवार आइन्द्रसुन्दर नेम्वाङलाई पराजित गरेका हुन् ।

माओवादी केन्द्रबाट प्रदेश १ मुख्यमन्त्रीको दाबेदार आङ्बोले १५ हजार ६७२ मत पाए । एमालेका उम्मेदवार नेम्वाङको १२ हजार ६०५ मत पाएका छन् । 

Comments

सम्बन्धित खवर