•  ६ बैशाख २०८१, बिहीबार
  •  5:45:48 PM

प्रदेश १ का मुख्यमन्त्री राई दोस्रो पटक निर्वाचित

- मंसिर ८, २०७९ मा प्रकाशित


इटहरी ।प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुरबाट प्रदेशसभा सदस्यमा पून निर्वाचित भएका छन् ।  सत्ता गठबन्धनका उम्मेदवार बनेका  राई दोस्रो पटक निर्वाचित भएका हुन् । नेकपा एकीकृत समाजवादीका सचिव राईले नेकपा एमालेका हरिबहादुर राईलाई  पराजित गरे । 

निर्वाचन क्षेत्र नम्बर १ मा जम्मा खसेको ३२ हजार ४ सय ९ मतमध्ये राजेन्द्र कुमार राईले १६ हजार १ सय १० मत प्राप्त गरे । नेकपा एमालेका हरिबहादुर राईले १२ हजार २ सय २३ मत प्राप्त गरेका थिए । राईले ३ हजार ८ सय ८७ मतान्तरले निर्वाचित भए ।उनी नेकपा एमालेको फुटपछि गठबन्धनको तर्फबाट प्रदेश नम्बर १ को मुख्यमन्त्री बनेका थिए । 

Comments

सम्बन्धित खवर