•  ७ बैशाख २०८१, शुक्रबार
  •  9:51:35 PM

सुनसरीकाे प्रारम्भिक मतपरिणाम : खस्किदै गठबन्धन : चम्किदै स्वतन्त्रकाे घण्टी : दुइ स्थानमा एमाले अगाडी

- मंसिर ७, २०७९ मा प्रकाशित


इटहरी । सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यतर्फ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोको अग्रता कायमै छ । उनले ३१७५ मत ल्याएका छन् भने एमाले जसपा तालमेलका उम्मेद्वार अशोककुमार राई २७६४ मत पाएका छन् । मेन्याङ्बो ४११ मतले राईभन्दा अगाडि छन् ।

 यस्तै, तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन) छिन् । उनले २४२८ मत पाएकी छिन् भने राप्रपाका अशोक राई (अविरल)को मत १५९४ र स्वतन्त्र उम्मेद्वार मनोज मेन्याङ्बोको १३९६ रहेको छ । सुनसरी क्षेत्र नं २ प्रतिनिधि सभा तर्फ राष्ट्रिय स्वतान्त्र पार्टीका उम्मेद्वार लालविक्रम थापाले अग्रता कायम राखेका छन । थापाले ४,०५९ मत प्राप्त गरिरहदा एमालेका भीम आचार्यले ३,१४७ मत प्राप्त गर्दै पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका सीताराम मेहता भने तेस्रो स्थानमा छन् । उनले २,१२२ मत प्राप्त गरेका छन । त्यस्तै सुनसरी क्षेत्र नं ३ मा नेकपा एमालेकी उम्मेद्वार भगबती चौधरी अग्रस्थानमा रहेकि छिन । उनले ३,६८८ मत प्राप्त गरेकि छिन भने राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ३,२०४ मत ल्याएर चौधरीलाइ पछ्याइरहेका छन ।

नेपाली कांग्रेसका बिजय कुमार गच्छदारले २,११० मत प्राप्त गर्दै तेश्रो स्थानमा परेका छन । त्यस्तै सुनसरी क्षेत्र नं ४ मा लोकतान्त्रीक बाम गठबन्धनका उम्मेद्वार तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाइ पछि पार्दै नेकपा एमालेका जगदिश प्रशाद कुशियतले अग्रता लिदै आएका छन । एमालेका कुशियतले ६ हजार १४३ मत प्राप्त गरेका छन् ।यस्तै, नेपाली कांग्रेसबाट उम्मेदवार सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ५ हजार ५५४ मत प्राप्त गरेका छन् ।

Comments

सम्बन्धित खवर