•  ६ बैशाख २०८१, बिहीबार
  •  6:18:16 AM

झापा ५ : ओली दोब्बर मतले अगाडि, गठबन्धनका उम्मेद्वार पछि पछि

- मंसिर ७, २०७९ मा प्रकाशित


झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली उठेको झापा क्षेत्र नम्बर ५ को मत गणना जारी छ । ७१ हजार ४१ मत गन्दा ओली निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवारभन्दा झण्डै दोब्बर मतले अगाडि छन् ।

प्राप्त विवरणअनुसार अहिलेसम्म ओली पक्षमा ३६ हजार ५२८ आएको छ । प्रतिनिधिसभा सदस्य पदमा प्रतिस्पर्धा गरिरहेका ओली मतगणनाको सुरुवातदेखि नै अघि छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीले अहिलेसम्म १८ हजार ४१६ मत ल्याएका छन् । अधिकारी २०७४ को निर्वाचनमा एमाले अध्यक्ष ओलीसँग नै हारेका थिए। ५७ हजार १३९ मतसहित ओली प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा उनले २८ हजार २९७ मत पाएका थिए ।

Comments

सम्बन्धित खवर