•  १६ चैत्र २०८०, शुक्रबार
  •  7:16:16 PM

विश्वकप २०२२ : बलीयाे अर्जेन्टिना साउदिसंग पराजित

- मंसिर ६, २०७९ मा प्रकाशित


एजेन्सी । साउदी अरबले कतारमा जारी विश्वकप फुटबलमा ऐतिहासिक जित निकालेको छ । मंगलबार (आज) भएको खेलमा उपाधिको दाबेदार मानिएको अर्जेन्टिनालाई २–१ गोलअन्तरले पराजित गर्दै साउदी अरबले ऐतिहासिक जित निकालेको हो ।

पहिलो हाफमा १–० गोलले पछि परेको साउदी अरबले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्दै जित निकालेको हो । साउदी अरबका लागि सालेह अलशेरी र सालेम अल्दावसारीले गोल गरे । यता, अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले गोल गरे ।

खेलको १०औँ मिनेटमा नै पेनाल्टीबाट कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई १–० गोको अग्रता दिलाए । भिडियो एसिस्टेन्ट रेफ्रि (भीएआर) ले अर्जेन्टिनालाई पेनाल्टी दिएको थियो । डिबक्सभित्र अर्जेन्टिनाका खेलाडीलाई साउदी अरबका खेलाडीले लडाएपछि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट मेस्सीले सुन्दर गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए ।

खेलको २२औँ मिनेटमा मेस्सीले गोल गर्दै खुसियाली मनाए । तर, अफसाइड भएसँगै त्यो गोलले मान्यता पाएन । खेलको २९औँ मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गरे । तर, भीएआरले यो गोललाई पनि मान्यता दिएन । मार्टिनेजले अफसाइड गोल गरेका थिए ।

खेलको ३५औँ मिनेटमा मार्टिनेजले नै गोल गरे । तर यो गोल पनि अफसाइड भयो । योसँगै अर्जेन्टिनाले गरेका तीन गोल अफसाइड भए ।

सालेह अलशेरीले खेलको ४८औँ मिनेटाम गोल गर्दै साउदी अरबलाई अर्जेन्टिनाविरुद्ध १–१ गोलको बराबरी दिलाए । खेलको ५३औँ मिनेटमा सालेम अल्दावसारीले गोल गर्दै अर्जेन्टिनाविरुद्ध साउदी अरबलाई २–१ गोलको अग्रता दिलाए । बाँकी समयमा अर्जेन्टिनालाई रोक्दै साउदी अरबले जित निकालेको हो ।

Comments

सम्बन्धित खवर