
तरहराकी रमाले बिराटनरमा पाइन एकै पटक तिम्ल्याहा शिशु
- कार्तिक २५, २०७९ मा प्रकाशित

इटहरी । इटहरी २० तरहराकी ३० वर्षीया रमा चौहानले तिम्ल्याहा शिशुलाई जन्म दिएकी छन् ।३ कार्तिकमा हस्पिटल भर्ना भएकी चौहानलले १० कार्तिकमा तिम्ल्याहा नवजात शिशुलाई जन्म दिएकी थिइन् । चौहानलले जन्म दिएकी तीनै जना छोरी रहेको छ ।
अस्पतालकी वरिष्ठ स्त्री, प्रसूति तथा निसन्तान विशेषज्ञ डा। प्रेरणा दाहाल नेतृत्वको टोलीले उनको प्रसूति गराएको थियो ।गर्भ रहेको २९ सातामै चौहानले शिशु जन्माएकी हुन् ।
सामान्य अवस्थामा शिशु ४० सातामा जन्मिए पनि गर्भमा २ वा त्यसभन्दा बढी शिशु रहेको अवस्थामा सामान्य गर्भावस्थामा भन्दा छिटो पैदा हुने चिकित्सकको भनाइ छ । चौहानलले गर्भ रहेको २९ हप्ता पुरा भएपछि यी शिशु जन्माएकी हुन् ।
‘समय नपुगी त्यो पनि कम तौल भएको शिशुलाई बचाउन निक्कै गाह्रो र खतरा हुने गर्दछ,’ वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ डा. अधिकारीले भने, ‘कम तौलको शिशुको शारिरको अंगहरू विकास भएको हुदैन । त्यस्ता शिशुलाई कडा खालको अक्सिनमा राख्नुपर्ने हुन्छ । बुझने भाषामा भन्नुपर्दा आमाको कोखमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।’
तीनै जना शिशुलाई एनआईसीयू कक्षमा राखेर उपचार गरेको उनले बताए । ‘एनआईसीयूमा दुई साता राखेर उपचार गर्दा शिशुको अवस्था अहिले एकदमै राम्रो भएपछि नर्सरी वार्डमा सारेर उपचार गरिएको छ,’ उनले भने, ‘अब खतराको जोखिम मोलेर अगाडी बढेको छ । तीनै जना शिशुको अवस्था अहिले एकदमै राम्रो छ ।
आमाको दूध खानसक्ने भएका छन् ।’ शारीरिक विकास हँुदै जाने क्रम अब बढेर जाने भएकोले अबको दुई साता भित्रमा शिशुलाई डिस्चार्ज दिने उनले बताए ।तिम्ल्याहा शिशुलाई जन्म दिएकी रमा चौहानको पहिलो सन्तान हो ।
‘पहिलो सन्तान तिम्ल्याहा जन्माएर सकुशल रहेकोमा खुसी झन् बढेर गएको छ,’ उनले भनिन्, ‘तर ईश्वरले जे चाहे त्यो गरे । हाम्रो लागि यो दुर्लभ खुसी हो । घरमा श्रीमान, बुवा, आमा, सबै जना खुसीले गदगद हुनुहुन्छ ।’
२९ हप्तामै जन्मिएका तीनै जना सन्तान र सपनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले सुनाए । लामो समयदेखि गर्भ नरहेपछि आइ.भि.एफ पद्धति द्वारा गर्भ रहेको थियो । चौहान गर्भ रहेदेखि डा. दाहाललाई नियमित जाँच गराउदै आएकी थिइन् ।

सम्बन्धित खवर
-
लोकप्रिय मंसिर १५, २०८०बसको ठक्करबाट पैदलयात्रीको ज्यान गएपछि राजमार्ग अवरुद्ध
-
लोकप्रिय मंसिर १५, २०८०विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड
-
लोकप्रिय मंसिर १४, २०८०दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा ‘नागरिक सरकार’ घोषणा गर्ने
-
लोकप्रिय मंसिर १४, २०८०नक्कली शरणार्थी प्रकरणमा अझै सकिएन बहस, आदेश शुक्रबार आउने सम्भावना
-
लोकप्रिय मंसिर १४, २०८०ताप्लेजुङमा राहदानी आइलाइन फारम निःशुल्क
-
ताजा मंसिर १५, २०८०बसको ठक्करबाट पैदलयात्रीको ज्यान गएपछि राजमार्ग अवरुद्ध
-
ताजा मंसिर १५, २०८०विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड
-
ताजा मंसिर १४, २०८०दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा ‘नागरिक सरकार’ घोषणा गर्ने
-
ताजा मंसिर १४, २०८०नक्कली शरणार्थी प्रकरणमा अझै सकिएन बहस, आदेश शुक्रबार आउने सम्भावना
-
ताजा मंसिर १४, २०८०ताप्लेजुङमा राहदानी आइलाइन फारम निःशुल्क
Comments