•  ४ बैशाख २०८१, मंगलवार
  •  11:42:05 PM

ऐसेलुखर्कको बाकाचाेलस्थित बादेलमा भाइरल फैलियो, १०३ जनाको उपचार

- आश्विन ३०, २०७९ मा प्रकाशित


खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको बदेलमा भाइरल फैलिएको छ । दशैँ अघिदेखि टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, हात खुट्टा र शरीर खानेलगायतका समस्या देखिने भाइरल फैलिएको हो । भाइरलले साबिकको बाकाचोल–२ र ३ मा पर्ने बदेलका अधिकांश घरका स्थानीय बिरामी परेको वडाध्यक्ष नन्दकुमार तामाङले बताए ।

भाइरलको बिरामी बढ्दै गएपछि स्वास्थ्य चौकी बाकाचोलसँगको समन्वयमा औषधिसहित स्वास्थ्यकर्मी लगेर बदेलमा उपचार शिविर सञ्चालन गरिएको छ । उपचार शिविरमा १०३ जनाको स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधि वितरण गरिएको छ ।

birami 1 1

गाउँभरी भाइरल फैलिएको खबर पाएकै भोलिपल्ट स्वास्थ्यकर्मी र औषधि लगेर उपचार शिविरको आयोजना गरिएको वडाध्यक्ष तामाङले बताए । कतिपय सिकिस्त अवस्थाका बिरामीलाई आफन्तले स्ट्रेचरमा बोकेर उपचार शिविरमा ल्याएका थिए । अधिकांश बिरामीमा एकै प्रकृतिको स्वास्थ्य समस्या देखिएको स्वास्थ्यचौकी बाकाचोलका प्रमुख एचए दीपेन्द्र मगरले बताए ।

तीन दिनभित्र समस्याको हल नभए प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कसँगको समन्वयमा थप स्वास्थ्यकर्मी र औषधि सहित थप उपचार शिविर सञ्चालन गर्ने तयारी गरिएको वडा कार्यालयले जनाएको छ ।

Comments

सम्बन्धित खवर