•  १२ बैशाख २०८१, बुधबार
  •  9:27:39 AM

इटहरी – धरान ६ लेन सडक , २१ दिनमा ३४ दुर्घटना : मुख्य कारण सिटी सफारी , मुद्धा बन्छ निष्कर्ष छैन

- आश्विन ९, २०७९ मा प्रकाशित


इटहरी । दुर्घटना नं १ – गत भदौ ४ गते इटहरीको आपगाछिमा बाटो काट्ने क्रममा को १ ह ५८६५ नंको सिटि सफारीले ठक्कर दिदा स्थानिय ६ वर्षिय बालक रिजन नेपाल घाइते भए ।उनको दाइने हात र घुडामा गहिरो चोट लाग्यो ।इटहरीस्थित सामुदायिक अस्पतालमा उपचार पछि बालकलाइ अभिभावकले घर लगिसकेका छन तर दुर्घटनाकै कारण उनको पढाइ भने एक साता अवरूद्ध बन्यो ।

दुर्घटना नं २ भदौ १७ गते इटहरीबाट धरान तर्फ जादै गरेको को १६ प ५७२० नंको मोटरसाइकललाइ धरानबाट इटहरी तर्फ आउदै गरेको प्रदेश एक ०२–००२च ४६६२ नं को पिकअप एक आपसमा ठोकिदा मोटरसाइकलमा सवार इटहरी २ का रोसन दाहालको घटनास्थलमै मृत्यु भयो भने अर्का सरोज गुरागाइ अझै पनि घाइते अवस्थामै उपचार्थ रहेका छन ।

 माथि उल्लेखित दुवै दुर्घटना एकै स्थानमा भएका हुन । पछिल्लो समय इटहरीको आपगाछिमा अत्याधिक दुर्घटना हुने गरेको पायएको छ । प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीको बिवरण अनुसार पछिल्लो एक महिनामा मात्रै इटहरीको मुख्य राजमार्गमा ३४ वटा सवगारीसाधनहरू दुर्घटनामा परेका छन । जसमा इटहरी २ आपगाछिमा मात्रै ४ वटा सवारी दुर्घटना भएका छन  । ट्राफिक प्रहरीका अनुसार सो क्षेत्रमा एक महिनाको अवधिमा दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन ।

भदौ १७ गते आपगाछिमा भएको दुर्घटनामा इटहरी २ का रोसन दहालको मृत्यु भएको थियो । त्यस्तै अशोज २ गते आपगाछिबाट इटहरी तर्फ मोडिने क्रममा को १ ह २२७८ नं को सिटि सफारीले साइकल यात्री इटहरी २ हलगढाका ४१ वर्षिय रमन पौडेल घाइते भएका थिए । तरहरा तर्फ फर्काएर राखिएको सफारी इटहरी तर्फ मोडिने क्रममा साइकल यात्री संग ठोकिन पुगेको थियो । आपगाछि क्षेत्रमा भएको ४ वटा सवारी साधन दुर्घटना मध्ये २ वटा सिटि सफारीकै कारण भएको देखिएको छ । त्यस्तै अशाज ७ गते शुक्रबार बिहान धरानबाट  इटहरी तर्फ आउदै गरेको प्रदेश नं ३–०१–००५ प ९२४६ नं को माइक्रोले बाटो क्रस गर्ने क्रममा को १ झ ६२३ नं को स्कारपिओलाइ ठक्कर दिदा स्कारपिओमा सवार चालक सामान्य घाइते बनेका छन ।

दाया बाया नहेरी स्कारपिओले बाटो काटने क्रममा धरानबाट आउदै गरेको माइक्रोले सामान्य ठककर दिएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । ठक्करबाट स्कारपिओ र माइक्रो दुवैमा क्षती पुगेपनि मानविय क्षति नभएको जनाइएको छ । उक्त दुर्घटना आपगाछि क्षेत्रमै भएको हो । राजर्माग फराकिलो बनेपछि सवारी चालकहरुले गति नियन्त्रणलाइ ध्यान दिन नसकेपछि इटहरीको आपगाछी क्षेत्रमा अत्याधिक र्दुघटना हुने गरेको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । बिगतमा साघ’रो राजमार्गको कारण् दुर्घटना हुने गरेको थीयो भने अहिलो राजमार्ग फराकिलो भएपनि सवारी चालकहरुको लापर्वाहिका कारण दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।  

ट्राफिकको ब्ल्याक जोनमा इटहरी

 प्रदेश एकको मुख्य ब्यापारिक केन्द्र मानिदै आएको सुनसरीको इटहरी पछिल्लो समय अत्याधिक दुर्घटना हुने शहरको रूपमा चिनिन पुगेको छ  । ६ महिना अघि प्रदेश एकको १४ जिल्ला मध्ये सबैभन्दा बढी सवारी दुर्घटना हुने जिल्ला झापा रहेको थियो दोश्रो मोरङ र तेश्रो सुनसरी परेको थियो। तर पछिल्लो २ महिना यताको दुर्घटना बिवरण हेर्दा सुनसरी पहिलो स्थानमा परेको छ । त्यसमा पनि इटहरी उपमहानगर ब्ल्याक जोनमा परिसकेको छ । अत्याधिक मात्रामा सवारी दुर्घटना हुने क्षेत्रलाइ ट्राफिक प्रहरीले सम्भावित सवारी दुर्घटनाको क्षेत्र तोक्ने गर्दछ ।जसलाइ ट्राफिक प्रहरीले ब्ल्याक जोनको रूपमा राख्ने गर्दछ । 

पछिल्लो १५ दिनको मात्रै बिवरण हेर्ने हो भने पनि इटहरी उपमहानगरको मुख्य राजमार्ग क्षेत्रमा २३ वटा सवारीसाधन दुर्घटना भएको देखिएको छ । प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार इटहरीमा सिटि सफारीको कारण ९ वटा दुर्घटना भएको जनाएको छ । इटहरीको राजमार्ग मध्ये सबैभन्दा बढी आपगाछी क्षेत्रमा  सवारी दुर्घटना र मानविय क्षति हुने गरेको बिवरणले देखाएको छ । गएको एक महिनाको अवधिमा आपगाछि क्षेत्रमा ४ वटा सवारी साधन दुर्घटनामा परेका छन जसमा १ जनाको मृत्यु भएको र ४ जना घाइते भएका छन ।

मुद्धा बनाइन्छ ,छानविन हुदैन

प्रदेश एकमा हुने सवारी दुर्घटना न्युनिकरण् गर्न ट्राफिक प्रहरीले बिभिन्न योजनाहरु ल्याएपनि जनशक्ती अभाव र उपयुक्त श्रोत साधनको अभावका कारण अझैपनि सवारी दुर्घटनामा कमि नआएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । त्यसमा पनि इटहरी पूर्वको केन्द्र मानिदै आएको छ ।

नेपालीहरुको महान पर्व बडा दशैं दिपावली तथा छैठ पर्वको आगमन संगै ट्राफिक प्रहरीले चाडपर्व सुरक्षा योजना ल्याइरहेको बेला अत्याधिक सवारी साधन दुर्घटना हुन थालेपछि ट्राफिक सचेतना अभियानलाइ तिब्रता दिइएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरिक्षक श्याम कुमार महतोले बताउनुभयो ।

उहाले चाडपर्वलाइ लक्षीत गर्दै प्रदेश एकलाइ दुर्घटना रहित बनाउन चेकिङ अभियानलाइ पनि बढाएको बताउनुभयो । उहाले इटहरी क्षेत्रमा हुने अधिकांश सवारी साधनहरु दुर्घटनाका मुख्य कारण सिटि सफारी रहेको बताउनुभयो । उपमहानगरमा पटक पटक छलफल हुदा आफुले यो मुद्धा उठाउने गरेपनि नगर प्रमुख तथा सम्बन्धित निकायले त्यस तर्फ ध्यान नदिएको गुनासो गरे ।  

Comments

सम्बन्धित खवर