•  १३ बैशाख २०८१, बिहीबार
  •  1:46:32 AM

नेपालकाे कृषि जगतमा राज्य संगै निजी क्षेत्रले पनि लगानी गर्नुपर्छ : नेतृ चाैधरी

- आश्विन ९, २०७९ मा प्रकाशित


विराटनगर । नेकपा एमालेकी नेतृ भगवती चौधरीले नेपाल कृषि प्रधान देश भएकोले कृषिलाई निर्यातमुखी बनाएर जानुपर्ने बताएकी छिन् । कृषि क्षेत्रको विकास र उत्पादन बढाउन राज्यसँगै नीजि क्षेत्रले पनि सहयोग गर्नुपर्ने बताएकी छिन् ।

विराटनगरमा कान्तिपुर मिडिया ग्रुपले आज (शनिबार ) आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै पूर्वराज्यमन्त्री समेत रहेकी नेतृ चौधरीले तत्कालिन नेकपाको सरकारले आर्थिक क्षेत्रको विकास गर्न काम गरेको पनि बताइन् । प्रदेश १ को आर्थिक विकास गर्न चीन संग पारवहन सन्धी भएर किमाथांकासम्म सडक सञ्जाल पुर्याउने काम तत्कालिन सरकारले नै गरेको उनले बताइन् । ‘किमाथांका सडक निर्माण भएको भए १० लाख पर्यटन भित्र्याउन सकिन्थ्यो । त्यसले प्रदेश १ को आर्थिक श्रोत बढ्ने थियो ।’ चौधरीले भनिन् ।

चौधरीले आफु छोटो समय राज्यमन्त्री भएका बेला तराई मधेशका २२ वटा जिल्लाका दसगजा क्षेत्रका जनतालाई आर्थिक क्षेत्रसँग जोड्ने गरी सिमा सुरक्षासँग सम्बन्धीत महत्वपूर्ण परियोजना ल्याएपनि कार्यान्वयन गर्न नसकेको बताइन् । ‘यो परियोजना कार्यान्वयन भएको भए भारतसँग जोडिएका तराईका २२ वटा जिल्लाको खुल्ला बोर्डर समस्या समाधान त हुन्थ्यो नै स्थानीय जनतालाई पनि उत्पादनमा जोड्न सकिन्थ्यो ।’ चौधरीले भनिन् ।

यस्तै, प्रदेश १ को नामाकरणमा संघ र प्रदेशविच तादम्यता नमिलेकै कारण असफल भएको चौधरीले बताइन् । नामाकरण गर्ने सवालमा जातिय, क्षेत्रीय, भौगोलिक, ऐतिहासिक पहिचानका कुराहरु बढी उठेपनि प्रदेश र संघ सरकारले संवोधन गर्न नसकेको बताउँदै चौधरीले भनिन्–‘बहुमतका आधारमा भएपनि नामाकरण गरेको भए उचित हुन्थ्यो ।’

कार्यक्रममा नेतृ चौधरीसँगै पूर्वमन्त्री डा. मीनेन्द्र रिजाल, १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई, उद्योगी महेश जाजूले प्यानल वहस गरेका थिए ।यस्तै, महिलालाई नेतृत्वमा पुर्याउने सवालमा अझैपनि समस्याहरु रहेको चर्चा गरिन् । कतिपय अवस्थामा महिला पनि आफैं अगाडी बढ्नु पर्ने उनको भनाई थियो ।

Comments

सम्बन्धित खवर