•  ९ आश्विन २०७९, आईतवार
  •  3:09:25 AM

१२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गर्ने गैसस माेरङ अध्यक्ष ढकाल जेल चलान

- आश्विन ६, २०७९ मा प्रकाशित


Share This..

विराटनगर । अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ परेका गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाल पुर्पक्षको लागि जेल चलान भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले बुधवार विराटनगर घर भएका ५० वर्षीय ढकाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

अदालतको आदेशपछि ढकाल पुर्पक्षको लागि मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

जिल्ला सरकारी वकिल कार्यालय मोरङले अदालतमा ढकालविरुद्ध अप्राकृतिक मैथुन मुद्दा दर्ता गरेको थियो । उनीमाथि १२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोप छ । बालक विराटनगर महानगरपालिका–१२ मा अभिभावकसँग बस्दै आएका छन् ।

Comments

सम्बन्धित खवर