
धरानकाे ‘हाम्राे हाेटल’मा मध्यरात प्रहरीकाे छापा : तास खेलिरहेका ८ जना पक्राउ
- आश्विन ६, २०७९ मा प्रकाशित

इटहरी । सुनसरीको धरानस्थित एउटा होटेलमा तास खेलिरहेका ८ जनालाई प्रहरीले बुधवार बिहानका राति पक्राउ गरेको छ ।सञ्जय राईले धरान उपमहानगरपालिका–१० मा सञ्चालन गर्दै आएको ‘हाम्रो होटेल’बाट राति १ बजेतिर उनीहरूलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा होटेल सञ्चालक राईसहित धरान–१६ का ३३ वर्षीय जीवन बस्नेत, धरान–११ का ४३ वर्षीय मोहन गुरुङ, ३५ वर्षीय शालीन राई, धरान–१३ का २७ वर्षीय विवेक राई, ४२ वर्षीय मणिराज राई, धरान–१९ का ३९ वर्षीय अरुण केसी र ३८ वर्षीय आइत लिम्बू रहेका छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउप्रसाद लिम्बू नेतृत्वको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट ५ बुक तास र २ लाख ५२ हजार ८ सय ३५ रुपैयाँ बरामद भएको छ ।उनीहरुविरुद्ध प्रहरीले जुवा ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय आश्विन ११, २०८०सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह
-
लोकप्रिय आश्विन ११, २०८०आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
-
लोकप्रिय आश्विन ११, २०८०‘जितिया’ पर्वमा बिदा दिन थारु समुदायको माग , ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी
-
लोकप्रिय आश्विन ११, २०८०अब पहिरो जाँदैछ भन्ने कुरा पहिले थाहा पाइने, त्याे कसरी ?
-
लोकप्रिय आश्विन ११, २०८०मधेशमा आज ‘मोहम्द डे’ : सरकारले दियाे सार्वजनिक बिदा
-
ताजा आश्विन ११, २०८०सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह
-
ताजा आश्विन ११, २०८०आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
-
ताजा आश्विन ११, २०८०‘जितिया’ पर्वमा बिदा दिन थारु समुदायको माग , ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी
-
ताजा आश्विन ११, २०८०अब पहिरो जाँदैछ भन्ने कुरा पहिले थाहा पाइने, त्याे कसरी ?
-
ताजा आश्विन ११, २०८०मधेशमा आज ‘मोहम्द डे’ : सरकारले दियाे सार्वजनिक बिदा
Comments