•  १३ बैशाख २०८१, बिहीबार
  •  10:50:02 PM

सवारी दुर्घटना न्युनिकरण गरिन्छ : मुख्यमन्त्री राइ

- आश्विन ६, २०७९ मा प्रकाशित


इटहरी । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकार सवारी दुर्घटनाबाट हुने नागरिकको अकाल मृत्यु न्यूनीकरण गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनुभयो ।

उहाँले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि आकासे पुल, ट्राफिक लाइट पार्किङ ट्राफिक व्यवस्थापनका लागि आवश्यक विभिन्न सामग्री उपलब्ध गराइरहेको जानकारी दिनुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले रु ३६ लाख मूल्य बराबरका छ थान स्कटिङ मोटरसाइकलको चाबी प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीलाई गर्नुभयो ।

उहाँले वर्तमान सरकारले यातायात क्षेत्रमा रहेका समस्या समाधानका लागि प्राप्त सुझाव सम्पत्तिका रुपमा संरक्षण गरी आगामी दिनमा बन्ने नयाँ सरकारलाई मार्गदर्शनका रुपमा हुने विश्वास व्यक्त गर्नुभयो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले दसैँ अगाडि प्रदेशमा सवारी दुर्घटना न्यूनीकरण गर्न ‘सडक सुरक्षा’ अध्यादेश ल्याउन लागेको जानकारी दिँदै प्रदेशका राजमार्गमा दुर्घटना र अपराध नियन्त्रणका लागि ट्राफिक प्रहरीलाई ‘प्रविधि मैत्री’ बनाउने बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं १ प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले प्राप्त सहयोगले प्रदेशको ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास धारणा राख्नुभयो ।

सो अवसरमा प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार महतोले प्रदेश ट्राफिक व्यवस्थापन अवस्था र भावी योजना सम्बन्धमा कार्यपत्रपत्र प्रस्तुत गर्नुभएको थियो ।

Comments

सम्बन्धित खवर