•  ६ बैशाख २०८१, बिहीबार
  •  7:27:24 PM

इटहरीमा डेंगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु

- आश्विन ४, २०७९ मा प्रकाशित


इटहरी / इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखा द्वारा डेङ्गु नियन्त्रण तथा रोकथामको लागि सचेतना अभियान थालेको छ।दिनानुदिन उपमहानगरपालिकामा डेंगुका बिरामी देखापर्न थालेपछि उपमहानगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने अभियान सुरु गरेको हो ।

स्वास्थ्य कार्यालयको समन्वयमा उपमहानगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार इटहरीको विभिन्न चोकमा र्‍यालीसहित होटल तथा पसलका भाँडाकुँडा,थुपारिएका टायर हटाउने र खाल्डाखुल्डीमा जमेको पानी पोखाएको छ ।

जमेको पानीमा डेंगु सार्ने लामखुट्टेको लार्भा हुर्कने भएकाले खुला ठाउँमा रहेको पानी हटाउने र सो पानीमा हुर्कंदै गरेको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

पछिल्लो समय डेंगु तिब्ररुपमा फैलिरहेको छ ।  जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेपछि देशभर बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ ।नगरबासीलाई आ-आफ्नो ठाउँ बाट सजग रहन इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखाले अनुरोध समेत गरेको छ ।

Comments

सम्बन्धित खवर