•  ११ बैशाख २०८१, मंगलवार
  •  6:02:41 PM

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार नाघ्यो

- आश्विन ४, २०७९ मा प्रकाशित


भारत । एकै दिनमा ४ हजार ८५८ नयाँ कोरोना संक्रमित भेटिएसँगै भारतमा कोभिड–१९ को संक्रमितको संख्या ४,४५,३९,०४६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४८,०२७ पुगेको छ । पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३३५ पुगेको छ ।कुल संक्रमितको ० दशमलब ११ प्रतिशत सक्रिय संक्रमित छन् । त्यस्तै राष्ट्रिय कोभिड १९ निको दर ९८ दशमलब ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दैनिक संक्रमण दर २ दशमलब ७६ प्रतिशत छ भने साप्ताहिक संक्रमण दर १ दशमलब ७८ प्रतिशत छ । पछिल्लो समय भारतसहित विश्वभर संक्रमण दरमा कमी आएको छ । 

Comments

सम्बन्धित खवर