•  ७ बैशाख २०८१, शुक्रबार
  •  10:23:11 AM

कानेपोखरीमा ३ करोड २७ लाखको लगानीमा खानेपानी आयोजना उद्घाटन

- आश्विन २, २०७९ मा प्रकाशित


इटहरी । मोरङको कानेपोखरी गाउँपालिकाको कानेपोखरी बजारमा प्रदेश सरकारको लगानीमा निर्माण भएको खानेपानी आयोजना उद्घाटन भएको छ ।

कानेपाखरी–७, हाइवे लाइनमा कानेपोखरी सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले निर्माण गरेको खानेपानी आयोजनाको प्रदेश १ प्रदेशसभाका कांग्रेस संसदीय दलका प्रमुख सचेतक सुयर्माराज राईले उद्घाटन गरे । १ प्रदेश निर्वाचन क्षेत्रमा एक खानेपानी आयोजना अन्तर्गत सो खानेपानी आयोजना निर्माण भएको हो । २०७५ को पुस १६ गते राईले नै उक्त आयोजना शिलान्यास गरेका थिए । खानेपानीको उद्घाटन गर्दै सांसद राईले जिल्लाका कुनै पनि खानेपानी आयोजना यति छोटो अवधिमा सम्पन्न नभएको बताए ।

कानेपोखरीका ट्युववेल र इनार सुकेर यहाँका वासिन्दा काकाकुल बन्न लागेकोले सानो बस्ती भएपनि कानेपोखरी हाइवे क्षेत्र नै आफ्नो रोजाईमा परेको राईको भनाइ छ । २ लाख २५ हजार लिटर क्षमताको ओभर हेड ट्याङ्कीबाट २४ घण्टा पानी वितरण गर्ने गरी ३ हजार मिटर खानेपानी पाइप बिस्तार गरिसकिएको छ ।

स्थानीय सामूदायिक वनको ५ कट्ठा जमीनमा उपभोक्ता समितिले खानेपानी आयोजना निर्माण गरेको हो । कुल ३ करोड २७ लाख ९५ हजार रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण भएको हो ।

Comments

सम्बन्धित खवर