•  १३ बैशाख २०८१, बिहीबार
  •  9:21:51 PM

खार्शालाकाे नक आउट फुटवल प्रतियाेगिता : भवानीपुरलाइ हराउदै चौतारीले उचाल्यो उपाधी 

- भाद्र ३०, २०७९ मा प्रकाशित


इटहरी । सुनसरीको इटहरी २० तरहरास्थित खार्शाला युवा स्पोर्टिङ क्लबले इतिहासमा पहिलो पटक खुल्ला नकआउट फुटवल प्रतियोगिता बिहीबार भब्यताका साथ सम्पन्न गरेको छ । बिहीबार तरहराकै बहुभाषि बिद्यालयकाे खेल मैदानमा सम्पन्न फाइनल खेलमा भवानीपुर फुटवल क्लबलाइ एकका बिरूद्ध २ गोल गर्दै चौतारी फुटबल क्लबले उपाधी जितेको छ । 

खेल सुरू भएको पहिलो हाफ अन्तरगत ६ मिनेटमै भवानीपुरका जर्शि नं १७ का सन्देश राइले एक गोल गरी आफ्नो टिमलाइ अग्रता दिलाएका थिए । दोश्रो हाफ पछि कमजोर बनेको भवानीपुरलाइ खेलको ५५ औ मिनेटमा चौतारीका जर्सि नं ७ असिम राइ र खेलको ५७ औ मिनेटमा चौतारिकै जर्सि नं ६ का पुजन चौधरीले दोश्रो गोल गर्दै टिमलाइ बिजयी तर्फ मोडेका थिए ।

 

खेलमा बिजेता बनेको चौतारी फुटवल क्लब्लाइ नगद रू ५० हजार ट्रफि , मेडर प्रमाणपत्र बितरण गरिएको थियो भने उपबििजेता भवानीपुर फुटवल क्लबलाइ नगद रू २५ हजार , ट्रफि , मेडल र प्रमाणपत्र बितरण गरिएको थियो । खेलको म्यान अफ दि सिरिज चौतारीका असिम राइ घोषित भए उनले नगद रू ५ हजार प्राप्त गरे भने उत्कृस्ट गोल रक्षक चौतारीका प्रज्वल श्रेष्ठ घोषित भए । उनले नगद रू ३ हजार र एक जोर पञ्जा प्राप्त गरे ।त्यस्तै खेल सुरू भए देि हाल सम्म सबै भन्दा बढी गोल गर्ने धरानका मदन लाबुङ भए उनले नगद रू ३ हजार प्राप्त गरे त्यस्तै बिहीबार सम्पन्न फाइनल खेलको म्यान अफ दि म्याच चौतारीका पुजन चौधरी भए उनले नगद रू एक हजार प्राप्त गरे ।  

 

कार्यक्रम क्लबका अध्यक्ष राजा बिष्टको सभापतित्वमा सम्पन्न भएको थियो भने इटहरी उपमहानगर वडा नं २० का वडाध्यक्ष मणिराम श्रेष्ठ प्रमुख अतिथी रहेका थिए । कार्यक्रमलाइ दिनको एक बजे देखि साझ ६ बजे सम्म क्लबका सचिव धिरज पुरीले सकृिय रपमा सञ्चालन गरेका थिए । अनुसाशन , बिकाश र गतिशिलता भन्ने मुल नाराका साथ स्थापित खार्शाला युवा स्पोर्टिङ क्लबले खेलकुद संग संगै बिभिन्न सामाजिक कामहरूमा पनि सकृिय रहदै आएको क्लबका सल्लाहाकार प्रदिप पुरीले बताए । त्यस्तै टोल सरसफाइ देखि बिभिन्न क्षेत्रमा पनि   क्लबले बिशेष योग्दान दिदै आएको अर्का सल्लाहाकार बिकाश घिमिरेले बताए । 

Comments

सम्बन्धित खवर