•  ७ बैशाख २०८१, शुक्रबार
  •  6:11:00 AM

धरानका मेयर साम्पाङ्को चौतर्फि चर्चा : श्रमदानबाट ल्याएरै छाडे पानी

- भाद्र २८, २०७९ मा प्रकाशित


इटहरी । धरानका मेयर हर्क साम्पाङले चुनावमा गरेको प्रतिवद्धता पुरा गर्न सफल भएका छन् । खानेपानीको अभाव रहेको धरानमा बजारमा अब अभाव हट्ने भएको छ । धरानका मेयर साम्पाङले धरानमा पानी ल्याएको भिडियो सार्वजनिक गर्दै श्रमदान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

मेयर साम्पाङले भने, ‘हाम्रो सानो प्रयासले पानी ल्याउन सफल भएका छौँ, यसलाई ठूलो काम गरेको रुपमा प्रचार गर्न आवश्यक छैन ।’ उनले अहिले ‘खर्दु र निशानेलाई मात्रै जोडेको र सर्दु जोड्न बाँकी रहेको भन्दै सर्दुपछि झन् ठूलो पानीको फोहोरा आउने बताए । धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि धेरैले मेयर साम्पाङलाई बधाई दिएका छन् । भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ । धरानका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालले धरान बजारको सिरानसम्म अहिले पानी ल्याएको र अबको ५-६ दिनपछि बजारको बीचसम्म पुर्‍याइने जानकारी दिएका छन् ।

बजारको बीचमा बनाइएको ट्याङ्कीमा पाइपमार्फत ल्याइएको पानी राखिनेछ । त्यसपछि धरानवासीलाई वितरण गर्ने तयारी रहेको उनले जानकारी दिएका छन् । उनका अनुसार ३ महिनाको श्रमदान र मेहनतबाट पानी ल्याइएको हो । अहिलेसम्म यो पानीका लागि सरकारी रकम खर्च नभएको पनि उनले बताएका छन् ।

Comments

सम्बन्धित खवर