•  ७ बैशाख २०८१, शुक्रबार
  •  5:11:47 AM

केन्यालाई हराउँदै एक दिवसीय श्रृंखलामा नेपालको ‘क्लिन स्विप’

- भाद्र २१, २०७९ मा प्रकाशित


काठमाडौँ । केन्यालाई ६ विकेटले हराउँदै नेपालले तीन वान डेको श्रृंखला क्लिन स्विप गरेको छ । केन्याको नैरोबीमा भएको अन्तिम खेलमा नेपालले १७ बल बाँकी तेस्रो खेल जितेको छ ।केन्याले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै प्राप्त गरेको छ । नेपालले ४७.१ ओभरमा ४ विकेटको क्षतिमा २५८ रन बनाएको हो ।नेपालका लागि आसिफ शेख, अर्जुन साउद र बसिर अहमदले अर्ध शतक प्रहार गरेका थिए । पहिलो विकेटका लागि आसिफ र अर्जुनले ७३ रनको साझेदारी गरेका थिए । आसिफले ५६ रन बनाए । त्यसैगरी अर्जुन र ज्ञानेन्द्र मल्लबीच दोस्रो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए ।

ज्ञानेन्द्रले ३३ रन बनाए । चौथो विकेटका लागि कप्तान रोहित पौडेल र अहमदले ९५ रनको साझेदारी गरेका थिए । अहमदले ५२ रन बनाए भने पौडेलले ४६ बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको थियो ।

Comments

सम्बन्धित खवर