आठ महिनामा तीन लाख २६ हजार बढी पर्यटक नेपाल भित्रिए
- भाद्र १९, २०७९ मा प्रकाशित
काठमाडौं । पछिल्लो ८ महिनामा नेपालमा विभिन्न देशबाट ३ लाख २६ हजारभन्दा बढी पर्यटन भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि अगष्टसम्मको अवधिमा ती पर्यटक नेपाल आएका हुन् ।
सो अवधिमा ३ लाख २६ हजार ६६७ जना पर्यटक नेपाल घुम्न आएको विभागले जनाएको छ । सोही अवधिमा नेपालबाट ३ लाख २० हजार ७३९ जना पर्यटक स्वदेश फर्केका थिए । विश्वमा कोरोना महामारी फैलिएसँगै नेपालमा पर्यटकको आवागमन रोकिएको थियो । कोरोना खोपको विकास र अधिकांश देशले कोरोनाबाट बच्न लगाएको लकडाउन हटाएपछि नेपालमा पर्यटक आउन पुनः सुरु गरेका हुन् । विभागका अनुसार गत जनवरीमा १६ हजार ९७५ जना पर्यटक नेपाल आएका थिए भने १७ हजार ९८४ जना नेपालबाट फर्केका थिए । फेब्रुअरी महिनामा नेपाल आउने पर्यटकको संख्या १९ हजार ७६६ र फर्कनेको संख्या १७ हजार ३०८ रहेको थियो ।
यस्तै, अप्रिलमा ६१ हजार ५८९ जना पर्यटक नेपाल आएका थिए भने ५२ हजार ९९७ जना नेपालबाट स्वदेश फर्केका थिए । मार्च महिनामा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए । सोही महिना नेपालबाट ३४ हजार ३६ जना पर्यटक फर्केका थिए ।
गत जुन महिनामा नेपाल आउने पर्यटकको संख्या ४६ हजार ९५७ र फर्कनेको संख्या ४७ हजार ८९३ रहेको थियो । मे महिनामा ५३ हजार ६०८ पर्यटक नेपाल आएका थिए भने ६१ हजार ३५० जना पर्यटक फर्केका थिए । विभागका अनुसार जुलाई महिनामा ४४ हजार ४६२ जना पर्यटक नेपाल भित्रिएका थिए । सोही महिना ४५ हजार ९२० जना पर्यटक नेपालबाट फर्केका थिए ।अगष्ट महिनामा ४१ हजार ३०४ जना पर्यटक नेपाल घुम्न आएको विभागले जनाएको छ । अगष्ट महिनामा नेपाल घुमेर ४३ हजार २४९ जना पर्यटक फर्केका छन् ।
सम्बन्धित खवर
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
-
ताजा चैत्र २८, २०८०इटहरीका विरबहादुर : खानेपानी निर्वाचनमा विजयी बने : बधाई थाप्न नपाइ अस्ताए
Comments