•  १६ चैत्र २०८०, शुक्रबार
  •  7:35:03 AM

राष्ट्र बैंककाे प्रतिवेदन : सिंगाे देश ऋणमा चुर्लुम्म : प्रत्येक नेपालीकाे भागमा ६९ हजार ऋण

- भाद्र १३, २०७९ मा प्रकाशित


काठमाडाै । सरकारले लिएको सार्वजनिक ऋण बढ्दै गएको छ । अब प्रत्येक नेपालीको भागमा झन्डै ६९ हजार रुपैयाँ ऋणभार पुगेको छ । सरकारले विभिन्न समयमा लिएर तिर्न बाँकी सार्वजनिक ऋणको भार बढ्दै गइ करिब २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८–७९ को वार्षिक तथ्यांकमा आधारित ’देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था’ प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा अहिले एक वर्षमै सार्वजनिक ऋण २ खर्ब ७७ अर्ब ११ करोड रुपैयाँले बढेको हो।

आर्थिक वर्ष २०७७–७८ को अन्त्यसम्ममा नेपालले तिर्न बाँकी ऋण १७ खर्ब ३४ अर्ब ४७ करोड रुपैयाँबराबर थियो। यस्तो ऋणको भार बढेर गत असार मसान्तसम्म २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ नाघेको हो। सरकारले गत आर्थिक वर्ष । २०७८–७९ मा मात्र २ खर्ब ३८ अर्ब रुपैयाँ लिनेगरी सम्भौता गरेको थियो। जसमध्ये १ खर्ब ४४ अर्ब ६० करोड रुपैयाँ ऋण सहायता हो ।

हाल निरन्तर चलिएको सरकारी सार्वजनिक ऋणले नेपालीको प्रतिव्यक्ति ऋणभारसमेत बढेर प्रतिव्यक्ति ६८ हजार ९ सय ७ रुपैयाँ पुगेको छ । राष्ट्र बैंकको प्रारम्भिक तथ्यांकमा यस्तो औंल्याइएको हो। 

Comments

सम्बन्धित खवर