
कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक हुने
- भाद्र १०, २०७९ मा प्रकाशित

इटहरी । राष्ट्रिय परीक्षा बोर्डले भदौ मध्यमा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले भदौ १५ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन् ।
अध्यक्ष शर्माले भने, ‘योजना भित्रै नतिजा निकाल्न सकिन्छ भनिरहनुभएको छ साथीहरुले । अब १५ गतेभित्र नतिजा सार्वजनिक हुन्छ ।’ परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२) ले नतिजा तयारीको लगभग अन्तिम चरणमा पुगेको जानकारी दिएको उनको भनाइ छ ।
कार्यालयले यसपटक लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जस अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङक ल्याउनुपर्नेछ ।
तोकिएको अङक भन्दा कम अंक ल्याएमा एनजी (नन ग्रेडेड) लेखिनेछ । एनजी लेखिएका प्रमाणपत्रले माथिल्लो कक्षा पढ्न नपाउने व्यवस्था गरिएको छ ।गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय आश्विन ११, २०८०सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह
-
लोकप्रिय आश्विन ११, २०८०आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
-
लोकप्रिय आश्विन ११, २०८०‘जितिया’ पर्वमा बिदा दिन थारु समुदायको माग , ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी
-
लोकप्रिय आश्विन ११, २०८०अब पहिरो जाँदैछ भन्ने कुरा पहिले थाहा पाइने, त्याे कसरी ?
-
लोकप्रिय आश्विन ११, २०८०मधेशमा आज ‘मोहम्द डे’ : सरकारले दियाे सार्वजनिक बिदा
-
ताजा आश्विन ११, २०८०सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह
-
ताजा आश्विन ११, २०८०आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
-
ताजा आश्विन ११, २०८०‘जितिया’ पर्वमा बिदा दिन थारु समुदायको माग , ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी
-
ताजा आश्विन ११, २०८०अब पहिरो जाँदैछ भन्ने कुरा पहिले थाहा पाइने, त्याे कसरी ?
-
ताजा आश्विन ११, २०८०मधेशमा आज ‘मोहम्द डे’ : सरकारले दियाे सार्वजनिक बिदा
Comments