•  १३ बैशाख २०८१, बिहीबार
  •  1:05:01 PM

पकली प्रहरीका लागि ५० लाखकाे नयाँ भवन बनाइदै : इटहरीका मेयर हेमकर्णले गरे शिलन्यास

- भाद्र ९, २०७९ मा प्रकाशित


इटहरी । सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालय पकलीको नयाँ भवन बन्ने भएको छ । बिहीबार इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले भवन शिलन्यास गरेका छन ।

लामो समय देखि जिर्ण अवस्थाको भवनबाट सेवा प्रदान गर्दै आएको इलाका प्रहरी कार्यालय पकलीले केहि महिनापछि नै नयाँ भवन पाउने भएको हो । भवनको शिलन्यास गर्दै इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले रातदिन जनताको सुरक्षामा खटिने प्रहरी नै जिर्ण भवनका कारण संकटमा परेको बताउदै यो अवस्थाबाट मुक्त बनाउन चाडै नया भवन बनाइने बताए ।

२०१२ सालमा बनेको पकलप् प्रहरीको भवन गत २०७२ सालको भुकम्प र त्यसपछि लगातार आएको पराकम्पका कारण भित्ताहरू जिर्ण बनेको थियो । इलाका प्रहरी कार्यालय पकलीले पटक पटक नया भवनकालागि सम्बन्धित निकायसंग पहल गरेपनि हाल सुनुवाइ भएको हो । 

भवन जम्मा १० कोठाको बन्ने र यसको कुल लागत ५० लाख रूपैया रहने भवन निर्माण गर्ने बनेको आर्थिक समितिका संयोजक राजन बस्नेतले बताए ।इटहरीको २० वटा वडामध्ये पकली प्रहरीको क्षेत्रमा ५ वटा वडा रहेका छन ।  

शिलान्यास कार्यक्रममा १६ का वडाध्यक्ष तेजनारायण चौधरी, १७ का वडाध्यक्ष प्रभात आचार्य र १८ का रामकुमार चौधरी , भवन निर्माण समितिका अध्यक्ष बिरेन्द्र राई लगायतको उपस्थितमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । भवनमा कार्यालय भवन, मेस, शौचालय, पानीट्याङ्की र सेफ्टी ट्याङ्की निर्माण हुनेछ ।

Comments

सम्बन्धित खवर