•  १६ चैत्र २०८०, शुक्रबार
  •  2:14:09 PM

इटहरीमा कल्याण फाउन्डेसनकाे चित्रकला प्रतियाेगिता : ज्ञानदर्पण ऐकेडेमी तरहराकी ममारुन राइ प्रथम

- श्रावण २८, २०७९ मा प्रकाशित


इटहरी । शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा कार्य गर्दै आएको एकिकृत कल्याण फाउन्डेसन नेपालले  चित्रकला प्रतियोगिताको आयोजना गरेको छ ।शनिवार सुनसरीको इटहरी स्थित सुष्मा गोदावरी कलेजमा प्रतीयोगीताको आयोजना गरीएको हो ।

पठनपाठनमा मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनी विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले विद्यालय स्तरिय चित्रकला प्रतियोगिता आयोजना गरीएको संस्थाका कोषाध्यक्ष बाबुराम खड्काले जानकारी दिए ।

उक्त प्रतियोगीतामा ज्ञानदर्पण ऐकेडेमी तरहराकी ममारुन राइ प्रथम भएकी थिइन भने लिटिल फ्लावर बोर्डीङ स्कुलकी बिपना कार्कीले द्धितीय स्थान हासील पार्न सफल भएकी थिइन ।

 यस्तै तृतीय हुनेमा पुर्वाञ्चल मा.बी की नीरुता राइ रहेकी थिइन भने सान्त्वना हुनेमा बेबिलोन मा बि का मिलन कार्की र सुष्मा मा.बि.का सुर्य पन्त रहेका थिए ।

 एकिकृत कल्याण फाउन्डेसन नेपालका अध्यक्ष श्याम घिमिरेको अध्यक्षता साथै प्याब्सन इटहरीका उपाध्यक्ष सुर्यमणी निरौलाको प्रमुख आतीत्यतामा आयोजीत कार्यक्रममा सुनसरी जील्लाका विभीन्न २० विद्यालयका ३८ जना विद्यार्थीको सहभागिता रहेको थियो । सो कार्यक्रममा यसोदा सिंह लम्साल निर्णयकको रुपमा रहेकी थिइन । 

Comments

सम्बन्धित खवर