•  ६ बैशाख २०८१, बिहीबार
  •  12:37:41 PM

एकै दिन डेढ लाख बढी कोरियालीमा कोरोना संक्रमण

- श्रावण २५, २०७९ मा प्रकाशित


काठमाडौँ । दक्षिण कोरियामा एकै दिन एक लाख ५१ हजार सात सय ९२ जना कोभिड-१९ बाट संक्रमित भएका छन् । सोमबारको तुलनामा मंगलबार एक हजार आठ सय ९५ जना बढी बिरामी थपिएका हुन् ।

स्वास्थ्य अधिकारीहरूका अनुसार सोमबार एक लाख ४९ हजार आठ सय ९७ जनामा कोरोना भाइरस पुष्टि भएको थियाे । ओमिक्रोनको उपप्रजाति द्रुत गतिमा फैलिँदा बिरामीको संख्या बढेको हो । मंगलबार मध्यरातसम्मको विवरणअनुसार देशमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या दुई करोड आठ लाख ४५ हजार नौ सय ७३ पुगेको छ ।

त्यसैगरी गम्भीर अवस्थामा बिरामीको संख्या पनि अघिल्लो दिनको तुलनामा ३८ ले बढेर चार सय दुई पुगेको छ । सोही अवधिमा थप ५० जनाको मृत्यु भएसँगै महामारीमा परेर ज्यान गुमाउनेको संख्या २५ हजार तीन सय ८२ पुगेको छ । 

Comments

सम्बन्धित खवर