•  १६ चैत्र २०८०, शुक्रबार
  •  6:11:03 PM

इटहरीमा प्रथम संस्करणको अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता हुने

- श्रावण १९, २०७९ मा प्रकाशित


इटहरी । इटहरीमा पहिलो पटक अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको  छ । प्रथम संस्करणको क्रिकेट प्रतियोगिता साउन २२ देखि इटहरी रङ्गशालास्थित इन्डोर हलमा  आयोजना हुनेछ ।इटहरी क्रिकेट एकेडेमीको आयोजना हुन गई रहेको प्रतियोगितामा सुनसरी जिल्लामा रहेका विद्यालयहरुले सहभागिता जनाउन पाउने छन् । 

प्रतियोगिताको मुख्य उद्देश्य सुनसरी जिल्लामा विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्नु रहेको आयोजकले बताएको छ । प्रतियोगिताका उत्कृष्ट ३० विद्यार्थी खेलाडीहरुलाई आयोजक इटहरी क्रिकेट एकेडेमीले सम्बन्धित विद्यालय र इटहरी नगरपालिकासँग समन्वय गर्दै नियमित प्रशिक्षण गराउने बताएको छ ।

लिग आधारमा हुने प्रतियोगिताका विजेता टोलीले ट्रफीसहित प्रमाण–पत्र प्राप्त गर्नेछन् । हरेक टोलीले कम्तिमा तीन खेल खेल्न पाउने गरी प्रतियोगिताको ढाँचा निर्माण भईरहेको इटहरी क्रिकेट एकेडेमीका सचिव सिपी पौडेलले बताए ।​​​​​​​

सुनसरी क्रिकेट सङ्घका अध्यक्ष समेत रहेका उनले यस्ता प्रतियोगिताले विद्यालय स्तरबाटै खेलाडी पहिचान र प्रशिक्षण गर्न सजिलो हुने भएकाले प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको बताएका छन् । १० ओभरमा खेलाइने प्रतियोगिताका हरेक टोलीमा आठ खेलाडी रहने छन् । 

Comments

सम्बन्धित खवर