•  ८ बैशाख २०८१, शनिबार
  •  7:39:31 PM

इटहरीका युवा व्यवसायी हरी आचार्यको लोभलाग्दो फेशन वेयर : युवा देखि बृद्धा सम्मको रोजाइमा डेनीमका ब्राण्डेड लुगाहरू

- श्रावण ६, २०७९ मा प्रकाशित


इटहरी । सामान्यतया मान्छेहरू बिदेशबाट आएपछि घर जग्गा जोडेर आरामको जिज्दगी जिउन चाहन्छन तर इटहरीका एक युवा भने बिदेशमा कमाएको पैसा आफ्नै गाउ ठाउमा लगानी गरी रोजगार शिर्जना गर्ने तर्फ लागेका छन । ति  हुन इटहरी ६ निवासी युवा व्यवसायी हरी आचार्य ।करिब १० वर्ष बैदेशिक रोजगारमा लागेर स्वोदेश फर्किएका उनी अहिले सफल युवा व्यवसायिको नामले इटहरीमा चिनिएका छन । उनले सञ्चालन गरेको भेनस फेशन वेयर प्रदेश एकको १४ वटा जिल्लामा मात्र भइ प्रदेश २ को सिरहा , सप्तरी , त्यस्तै प्रदेश ३ को काठमांडौ सम्म पनि प्रशिद्ध बनिसकेको छ ।     

293951008_771212904302663_372840150329655432_n

 हेर्दा सानो देखिएपनि उनको पसलमा नियमित ग्राहकहरूको घुइचो लाग्ने गरेको छ । आचार्यले व्यवसाय संगै २ जनालाइ रोजगार समेत प्रदान गर्दै आएका छन । “यतिका वर्ष बिदेश बसियो स्वोदेश फर्किएपछि त्यतिकै के बस्नु भनेर व्यवसाय तिर लागियो तर यतिको सफलता पाइन्छ भनेर सोचेको थिइन” युवा व्यवसायी हरी आचार्य बताउछन ।    सफल व्यवसायी संगै सामाजिक काममा पनि त्यतिकै सक्रिय आचार्य बिगत ४ वर्ष देखि इटहरीमा भेनस फेसन वेयर नामक कपडा ब्यवसाय सञ्चालन गर्दे आएका छन । प्राय बैदेशिक राेजगारबाट फर्किएपछि अधिकांशले आफ्नाे र परिवारकाेलागि मात्रै साेच्ने गरेकाे देखिन्छ, तर आचार्यले भने आफ्नै कर्मभुमीमा व्यवसाय मात्रै हैन अन्यलाइ राेजगार समेत दिएर अर्थतन्त्रमा थाेरै भएपनि टेवा पुर्याउदै आएका छन । सहयाेगी मनका धनी आचार्य युवा पुस्ताकालागि प्रेरणाका श्राेत बन्दै गएका छन ।

भेनस फेसन वेयर नै किन ? 

295084472_2931584223808823_4133581041674805027_n

इटहरीको पूर्व लाइनमा अवस्थित व्यवसायिक भवन सेन्ट्रल प्लाजाको पहिलो तला अन्तरगत सनराइज बैंककै छेउमा भेनस फेशन वेयर सञ्चालित छ । जो उनै आचार्यले सञ्चालन गर्दै आएका छन । उनका अनुसार यस पसलमा डेनिमेन एण्ड डेभिल्सका ब्राण्डेड लत्ताकपडा पाइन्छन । जुन सामान्य कपडाको अनतरमा यसको गुणस्तर नै बेग्लै देखिन्छ ।    पछिल्लो समय शाैखिन कपडा लगाउने पारखीहरूकालागि उनको यो पसल निकै रोजाइमा परेको छ ।

गर्मी तथा जाडोमा पाइने सबै प्रकारका जेन्स तथा लेडिजका पहिरनहरू एकै ठाउमा पाइने भएकोले पनि उनको पसल रोजाइमा परेको देख्न सकिन्छ । प्राय अहिले युवा पुस्ता जो कोहिले पनि ब्राण्डेड लुगा खोजि गर्ने गर्दछन त्यसैले उनको पसलमा डेनिमेन एण्ड डेभिल्सका कपडा धेरै जसोको रोजाइमा परेको देख्न सकिन्छ ।  

 

294111369_1330348064160600_5905208331056925250_n

डेनिमेन एण्ड डेभिल्स झट्ट सुन्दा अनौठो लाग्न सक्ला तर यो ब्राणडेड कपडाको नाम हो जुन अहिले धेरै युवायुवतिहरूको रोजाइमा परिसकेको छ ।अन्य कपडाहरूको तुलनामा यसको बिशेषता फरक रहेकोले यो बच्चा देखि बुढा सम्मको रोजाइमा परेको व्यवसाय आचार्य बताउछन ।  सुरूमा व्यवसाय गर्दा नाम सुनेर आफै अचम्मित बनेको थिए , हेरौ न त भनेर मगाएको लुगा एक साता पनि पसलमा राख्न नपाइ सबै बिक्रि भएपछि यसको महत्व र बिशेषता बुझेर थप मगाइ बिक्रि गर्न थालेको आचार्य बताउछन ।       

294112433_1251976788882031_6720599840613109073_n

बाहिरबाट सेन्ट्रलप्लाजा घुम्न आउनेहरू यो पसल देखेपछि यहाको लुगा अनिवार्य खरिद गरि लाने गरेको व्यवसाय आचार्य बताउछन । डेनिमेन एण्ड डेभिल्स ब्राण्डका कपडा प्राय इटहरीमा पाइदैनन् , काठमाण्डौमा पनि फाट्टफुट पाइने यो ब्राण्डका कपडा हतपत नपाइने भएकै कारण धेरै जसोको रोजाइमा परेको उनि सुनाउछन । 

294653006_5139331539516732_6361601367924988631_n 1
293730634_624901198767323_1004163156245627350_n 2
Comments

सम्बन्धित खवर