•  १४ मंसिर २०७९, बुधबार
  •  3:33:21 AM

एक साताभित्र एसईईको नतिजा प्रकाशित गर्ने तयारी

- श्रावण ४, २०७९ मा प्रकाशित


Share This..

इटहरी । माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट अबको एक साताभित्र प्रकाशित गर्ने तयारी छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको एक साताभित्र एसईईको नजिता प्रकाशन गरिने बताए।

‘हामीले असार अन्तिम साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको थियो। चुनावका कारण केही ढिला भयो। अब एक साताभित्र परीक्षाफल प्रकाशित हुन्छ,’ उनले भने, ‘परीक्षाफल प्रकाशनका लागि आवश्यक तयारीहरू भइरहेका छन्।’वैशाखमा एसईई परीक्षा लिइएको थियो। एसइईमा पाँच लाख १४ हजार नौ सय ६७ विद्यार्थी सहभागी थिए।

Comments

सम्बन्धित खवर